





कपिलवस्तु १४, चैत्र । संघीय समाजवादी फोरम नेपालमा विभिन्न पार्टी परित्याग गरि प्रभावशाली नेताहरुको अगुवाईमा हजारौं कार्यकर्ता प्रवेश गरेका छन् । फोरम नेपाल कपिलवस्तुले क्षेत्र नं. २ बर्रोहियामा आयोजना गरेको पार्टी प्रवेश तथा विरोध सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेश केन्द्रीत दलहरु परित्याग गरी १५ सय बढी नेता कार्यकर्ताहरुको समूह प्रवेश गरेको हो । नेपाल कांग्रेस नेता एवं पूर्व गाविस अध्यक्ष तहशीलदार मुलसमान, नेकपा एमाले एवं पूर्व गाविस अध्यक्षद्घय भगवान दास रैदास र उधो चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला नेता ओमप्रकाश चौधरी फोरम नेपालका प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्यद्घय हलीम मुसलमान र मोहम्मद युसुफ, विप्लव माओवादीका जिल्ला सदस्य पूर्णबासी यादव, समावसेजी विनय जयसवाल पनि फोरम नेपाल प्रवेश गरेका छन् ।
यसैगरी, समता पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष, राप्रपा पार्टीका कपिलबस्तु युवा अध्यक्ष लतीक मुसलमान फोरम नेपालमा आबद्ध भएका छन् । पार्टी प्रवेश गर्नेमा तराई मधेश लोकातान्त्रिक पार्टीका जिल्ला सदस्य रामबृक्ष यादव, तमलोपा कै जिल्ला नेता एवं पूर्व गाविस अध्यक्ष राघवेन्द्र पाण्डे रहेका छन् । डुमरा गाविसका राप्रपा अध्यक्ष हालिम मुसलमान, राप्रपा बलुहवा गाविस अध्यक्ष अब्दुल रसीद, अभिराव अतिकुर रहमान, तमलोपाका नेता जनर्दन चौधरी, माओवादी केन्दका त्रिपुरारी चौहान, राप्रपका ब्रम्हा चौहान लगायतको नेता तथा कार्यक्रर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश तथा विरोध सभाका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव हुनुहुन्थ्यो ।
Facebook Comments