
सरोज खिलाडी
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् । सोमबार कपिलबस्तुमा पार्टी प्रवेश गराउन पुग्नु भएका अध्यक्ष यादवले सो चेतावनी दिनु भएको हो । उनले तिन वटा ठूला दलले आफ्नो खुशी चुनाब गर्ने , जनतालाइ झुक्याउने र मधेशीलाइ पेलेर चुनाब गराउने सोच बनाएको हुनाले त्यो सपना कुनै पनि हालतमा साकार हुन नदिने दाबि समेत गर्नु भयो । ठूला भनाउदा ति पार्टीहरुले सधै जनतालाइ झुक्याउदै आएको र चुनाबको नाटक गरेर मधेशी आदिवाशी लगायतका जनताको अधिकार कटौति गर्न अग्रशर भएको हुनाले अब भिषण आन्दोलन गर्ने पर्ने समेत भएको हुनाले तयार रहन समेत कार्यकर्तालाइ निर्देशन दिनु भयो । उनले अब हुने आन्दोलन लाइ कसै ले राक्न नसक्ने दाबि समेत गर्नुभयो । उहाले अहिले को संबिधान मधेशी जनजाति लयागत का जनता का लागि प्रतिगामी चरित्र बोकेको संबिधान भएको हुनाले संसोधन नगरी कुनै पनि हालत मा चुनाब हुन नदिने धारणा समेत राख्नु भएको थियो ।
Facebook Comments