
बिरगंज,चैत १४ गते
बिरगंज सहरको बसपार्क बाइपास सडक खन्डको अवस्था दयनीय रहेको र उक्त धुलो र खाल्डाखुल्डी मै अवस्थामा रहेको सडकले बिरगंजको गरिमामा नै अघात पुर्याएकोले उक्त सडक खण्ड तत्काल मर्मत गर्न सदभावना पार्टी बिरगंज नगर कार्यसमितिले सडक डिभिजन कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र पठाएको छ। नगर अध्यक्ष ओमप्रकाश सरार्फको नेतित्वमा गएको टोलिले उक्त सडक खण्ड जिर्ण अवस्थामा रहेकोले बिरगंजको ब्यापार ब्यावसाय एवं पर्यटनमा समेत नकारात्मक असर परेको र सडक डिभिजन कार्यालय हेटौंडाले पनि बिरगंजलाई मात्र कर असुल्ने थलो रुपमा प्रयोग गरि बिरगंजको सडकको स्तर उन्नति एवं मर्मत सम्भारमा गम्भीर नभएको प्रति सदभावना पार्टी बिरगंज नगर समितिको गम्भीर ध्यानाकर्षण भएको बताए ।एक महिनाको भित्र उक्त सडक खण्डको मर्मत कार्य सुरु नगरिए वर्षात याममा झनै ठूलो समस्या हुने तर्फ पनि पत्र मार्फत जानकारी गराइएको छ।
सडक खन्ड र सडक डिभिजन कार्यालय मातहतका मेन रोड र अन्य सडक खन्डको मर्मत यथा सिघ्र सुरु नगरे बाध्यत्मक अवस्थामा संघर्स पनि गरिने पत्रमा उल्लेख गरिएको छ। पत्र बुझ्दै बिरगंज साइट कार्यालयका सब इन्जिनियर बिनोद श्रीवास्तवले पत्रको लागी धन्यवाद दिदै यो कार्यलाई गम्भीरता पुर्वक लिएको र यथा सिघ्र प्रक्रिया सुरु गरिने आश्वासन दिनु भएको छ। टोलिमा सदभावना महिला मन्च पर्साकि अध्यक्ष रेखा साह,बिरगंज नगर उपाध्यक्ष द्वय सुरेश साह कानु,दिपक साह,नगर सचीव संजय पटेल,कोषाध्यक्ष पन्नालाल पटेल,सदस्य अकास गुप्ता,वडा न ४ का एकाइ अध्यक्ष अरुन कुमार वर्णवाल लगायतका सहभागीता रहेको थियो। नगर अध्यक्ष सरार्फ कै नेतित्वको टोलि ले दुई महिना पहिला एडिबी द्वारा निर्माणाधीन बिरगंजका सडक,नाला सम्बन्धि पनि परियोजनाका अधिकारीहरुलाई समयमा गुणस्तरीय निर्माण कार्यको लागि छलफल गरेका थिए।
Facebook Comments