
बीरगंज १४ चैत्र
प्रेस मञ्च नेपालले चैत्र २० गते शहिदहरुको सम्मानमा मधेसका सम्पूर्ण जिल्लामा एकसाथ एकसमयमा मैमबत्ति जुलुस गर्ने भएको छ । मञ्चले एक प्रेस विज्ञप्ती जारी गर्दै पे्रस मञ्च नेपालको जिल्ला जिल्लामा रहेका शाखाले आफ्नो ब्यानरमा सो कार्यक्रम गर्ने भएका छन् । साथै सम्पूर्ण शाखाहरुले एक ब्यक्ति एक पदको निति अनुरुप सबै शाखाहरुलाई चैत्र १९ गते सम्ममा आ आफ्नो जिल्ला विस्तारित बैठक सम्पन्न गर्न निर्देशित समेत गरेको छ । बैठकमा संगठनलाई बलियो बनाउने, संस्थासंघ आबद्ध संचारकर्मीहरुको भुमिका, वर्तमान राजनितिक परिवेशमा प्रेस मञ्चको भुमिका, राष्ट्रिय स्तर देखि क्षेत्रिय स्तरसम्ममा तालिम एवं गोष्ठि लगायतका विषयमा केन्द्रित भई आ आफ्ना शाखाबाट केन्द्र्रमा सल्लाह सुझाव दिन समेत अनुरोध गरेको छ । जिल्ला जिल्लाबाट आएका महत्वपुर्ण सल्लाहरुलाई प्रेस मञ्च नेपालको केन्द्रिय कमिटिको बैठकबाट अनुमोदन गर्ने र वार्षिक क्यालेण्डरमा समेत प्रकाशन गरिने मञ्चका केन्द्रिय अध्यक्ष पटेलले बताए ।
Facebook Comments