Loading...
जिल्ला प्रशासनद्धारा डा. सि के राउतको ज्ञापनपत्र अस्विकार – प्रवक्ता अब्दुल खान

सिरहा, २०७३ चैत्र १४, स्वतन्त्र मधेश गठबन्धनको आफ्नो रणनीतिक आन्दोलनको योजना अनुसार चैत्र १३ र १४ गते मधेशको सम्पुर्ण जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयहरूमा मधेशमा भई रहेको नेपाली राजको प्रतान्डना , दमन ,अत्याचार ,विरोधलाई पुर्णरूपमा निश्तेजपारी स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक डा. सि के राउत लगायत १९ जना स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरूमाथि राज्यद्वारा लगाईएका झुठामुद्दाहरू खारिज गरि कानुनी राजको पालना गर्नको लागि ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो त्यही अनुरूप सिरहा जिल्लामा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारीले हप्काउदै भने तिमी देशद्रोहीहरूको ज्ञापनपत्र हामी लिदैनौ ,हाम्रो शरीरमा एक थोपा रगत रहुनजेल तिमी धोतीहरूसंग लडिरहने छौ भनि ज्ञापनपत्रको फोटोकापी खिची हप्काउदै स्वराजीहरूको बिबरण टिपोट गर्न लगाईयो ।
नेपालमा मधेशीहरूसंग घृणा गर्ने राजनीतिज्ञहरू मात्र छैनन नेपाल सरकारका कर्मचारीहरू पनि घृणा गर्ने छन भन्ने कुरा स्पष्ट हुन्छ ।कस्तो लोकतान्त्रिक गणतन्त्रमा हामी मधेसीहरू बाचिरहेका छौ, एउटा कागजका टुक्रा सम्म पनि हामी मधेशीहरूको हाथबाट नेपाली प्रशासकहरूलाई स्विकार्य छैन । नेपालमा मधेशीहरूमाथि कस्तो प्रकारको विभेद रहेको छ भन्ने कुरा यहाबाट प्रमाणित हुन्छ । न्यायको लागि मधेशीहरू नेपाली राजमा दिउँसो आकाशमा तारा देखे जस्तो हुन्छ । यस्तो अवास्थामा स्वतन्त्र मधेशको बिकाल्प छैन । भन्ने कुरा जनता अफै बुझ्नु पर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *