Loading...
भारतीय सीमा सुरक्षा बल एसएसवीको गोलि लागि मारिएका मधेशीले पनि राहत पाए ? ६ बर्ष पछि मात्र किन ? गृहमन्त्री निधिको पहलमा राहत !!

सरोज खिलाडी

१४ चैत, बिराटनगर । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले राहत स्वरूप रू १० लाख उपलब्ध गराएको छ । वासुदेवका परिवारलाई गृहमन्त्री विमेलेन्द्र निधिले १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले वासुदेवकी धर्मपत्नी उर्मिलादेवीलाई सरकारको तर्फवाट चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वासुदेवका पत्नी उर्मिलादेवी छोराहरु गौतम, जयकान्त र छोरी लक्ष्मी उपस्थित थिए । गृहमन्त्रीले निधिले वासुदेवको हत्या भएपछि स्थानीय प्रशासनले राहतका लागि सिफारिस गरेपनि विविध कारणले निर्णय हुन नसकेको र आफ्नो पहलमा राहत दिएको बताउनु भएको थियो । उनले वासुदेवको परिवारलाई राज्यवाट दिने सेवा सुविधा प्रदान गर्ने क्रममा छोराहरुलाई तत्काल म्यादी प्रहरीमा जागिर दिन पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट वासुदेवको मृत्यु भएका थियो ।
कंचनपुर मा भारतीय सीमा सुरक्षा बल एसएसवीको गोलि लागि मारिएका गोबिन्द गौतम लाइ ११ तोप को शालामी दिएर शहिद घोषणा गरेपछि मधेश मा सरकार ले मधेशी लाइ हेर्ने दृष्टिकोण यस्तो रहेछ भनि मधेशी जनता ले कुरा काट्न थालेका थिए । गोबिन्द गौतम को काण्ड नभएको भए वासुदेवका कुरा पनि निस्कदैन थियो होला । तर कुरा निस्के पनि हाल गृहमन्त्री रहनु भएका बिमलेन्द्र निधि को ठाउ मा मधेशी दल बाहेक अन्य र खास गरि एमाले सरकार मा भएको भए पनि बासुदेब का परिवार ले राहत नपाउने निश्चित नै थियो ।

  • foto: setopati

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *