
काठमाडौं- चैत्र १५ । राप्रपा परित्याग गर्नुभएका नेता प्रकाश चन्द्र लोहनीले भोली नयाँ पार्टी घोषणा गर्नुहुनेभएको छ । राप्रपा र राप्रपा नेपालको एकता पश्चात राप्रपाका अध्यक्ष कमल थापाले पार्टी एकता बिपरीत एकलौटी अगाडी बढेको भन्दै केही समय अघि पार्टी परित्यागका घोषणा गर्नुभएको थियो ।
राप्रपाको एकता पछि चुनाब चिन्ह र अध्यक्षको कार्यशैलीमा प्रश्न उठाउदै आउनुभएका लोहनीले अर्का नेता केशर बहादुर बिष्टसँग मिलेर पार्टी घोषणा गर्न लागेको बताईएको छ । पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादी रहने र पार्टीको झण्डा र चुनाब चिन्ह एकता पुर्ब राप्रपा कै रहने बताईएको छ ।
Facebook Comments