
काठमाडौं- चैत्र १५ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजबादी फोरम बीच पार्टी एकता हुने भएको छ । नयाँ शक्तिको आज देखी जारी बैठकमा नयाँ शक्ति पार्टीका संयोजक समेत रहनुभएका भट्टराईले सो खुलासा गर्नुभएको हो ।
आज बितरीत नयाँ शक्तिको समसामयीक राजनीतिक प्रतिबेदनमा सो बिषय प्रष्ट रुपमा उल्लेख गरेको एक नेताले बताएका छन । प्रतिबेदनमा समान बिचार मिल्ने पार्टीहरुसँग यसै साता भित्र तत्काल पार्टी एकता गरिने उल्लेख भएको ति नेताले बताएका छन । प्रतिबेदनमा खुलाएरै उपेन्द्र यादव नेतृत्वको पार्टीसँग पार्टी एकता गर्ने भनेको बताइएको छ ।
नयाँ शक्तिले स्थानीय निर्बाचनलाई मध्यनजर गर्दे छलफलको निम्ति भन्दै आज देखि पार्टी केन्द्रिय परिषदको बैठक बोलाएको छ । बैठकमा पार्टी संयोजक भट्टराईको प्रतिबेदन माथि छलफल भईरहेको र भोली पार्टीको निष्कर्ष सहित बैठक सकिने नयाँ शक्तिले जनाएको छ ।
पार्टी एकताको बिषयमा उपेन्द्र नेतृत्वको फोरमले भने अहिले सम्म केही भनेको छैन ।
Facebook Comments