Loading...
आदित्यनाथले भन्दा त्रिबेन्द्र सिंह रावतले गरेर देखाए मोदीले भन्दा ठुलो काम उत्तराखण्डका मुख्यमन्त्री रावतले २४० करोड रुपैयाको जमिन घोटाला काण्डको गरे खुलासा

उत्तराखण्ड- चैत्र १५ । भारतको ५ वटा राज्यमा बिधान सभाको निर्बाचन पछि सबै जसो राज्यमा मुख्यमन्त्री नियुक्त भईसकेका छन । अहिले सबै राज्यका मुख्यमन्त्री मध्य उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथको मात्र चर्चा भएकोमा भारतीय सञ्चार माध्यमले नै आपत्ति जनाएको छ ।

भारतीय मिडियाले आदित्यनाथको चर्चा गरे पनि ब्यबहारिक रुपमा उत्तराखण्डको मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले काम गरेको बताईएको छ । आदित्यनाथको चर्चा भए पनि काम भने हुन नसकेको तर रावतले मुख्यमन्त्री भएको केही दिनमै उत्तराखण्डको २४० करोड रुपैयाको जमिन घोटाला काण्डको खुलासा गरेको बताइएको छ ।

उत्तराखण्डको पुर्व सरकार कांग्रेसको रहेको बेला खेती योग्य जमिनलाई अयोग्य जनाउदै २४० करोड घोटाला गरेको रावतले खुलासा गरिदिएको छ । त्यतिमात्र होइन त्यसमा संलग्न भएको भन्दै ६ जना कर्मचारीलाई समेत बर्खास्त गरिदिएको बताइएको छ ।

यो सँगै रावतले उत्तराखण्डमा भएको ठुलो घोटाला काण्डमा बाँकी छानबीन गर्न सिबिआईलाई जिम्मेबारी दिन केन्द्र सरकारलाई आग्रह पनि गरेको छ । रावतले यो सबैको जानकारी पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *