Loading...
चिनियाँ राष्ट्रपतिले अलि जोड दिएर आफु तिर प्रचण्डलाई किन ताने ? हेर्नुस दृश्य

काठमाडौं-चैत्र १५ । चीन भ्रमण प्रधानमन्त्री पुष्प कमल दाहालको शब्दमा उपलब्धीमुलक हुने भनियो तर लिखित डकुमेन्टेसन नभएकोले भेटघाटको दृष्टिकोणले फलदायी मान्न सकिने भयो, देशलाई कति लाभ भयो होला त्यो भबिष्यले बताउला । चिनियाँ राष्ट्रपति सीसँगको भेटमा भने एउटा रोमाञ्चक र फरक खालको दृष्य सार्बजनिक भयो ।

चिनीयाँ टेलिभिजनहरुमा  त्यो दृश्यलाई यसरी हाईलाइट गरियो कि सम्भवत त्यसमा सबैको ध्यान अबश्य पनि गएको हुनुपर्छ । दृश्य प्रचण्ड र सिको भेटको बखतको बेला नै देखिएको हो ।

दृश्यमा प्रचण्ड हात मिलाउदै असहज मानेर पछि पछि सरेको जस्तो देखाएको छ भने चिनियाँ राष्ट्रपतिले अलि जोड दिएर आफु तिर तान्न खोजेको र अलि बल गरेर तानेको देखाइएको छ । यसले सांकेतिक रुपमा प्रचण्डले अलि असहज माने जस्तो र सिले अलि जोड दिएरै हात मिलाउन लागेको अथवा अंगाल्ननै खोजे जस्तो देखिएको छ ।

रोमञ्चक कुरा के छ भने उक्त दृश्य पश्चात फोटो पत्रकारहरुको जमातलाई देखाउछ जसले त्यो दृश्यलाई थप आर्कषित बनाएको छ भने सबैको ध्यान खिचेको छ । अर्का कुरा एउटा मात्र होइन प्राय सबै चिनियाँ सञ्चारमाध्यमले यो दृश्यलाई अत्यन्तै प्राथमिकता दिएर देखाएको एक चिनियाँ पत्रकारले जानाकारी दिएका छन ।

यो दृश्यलाई चिनियाँ मिडियाले अलि महत्वका साथ देखाएको छ । टेलिभिजन हेर्ने करोडौ चिनियाँले के बुझ्ने हो तपाई आफै अनुमान लगाउनुहोला ? टेलिभिजनले देखाएको सो दृश्य यो साईटको भिडियो सेक्सनमा राखेको भिडियोमा सहजै हेर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *