
किरण कर्ण, धनुषा -चैत्र १६ । जनकपुरको व्यस्त चोकको रुपमा रहेको शिव चोक स्थित एक पसलमा दिउँसै डकैती भएको छ । जनकपुर उप–महानगरपालिका वडा नं. २ स्थित जनकपुर उद्योग वाणिज्य संघको अगाडीपट्टी रहेको वि.एन. ईम्पोरियममा दिउँसोको १ बजे डकैती भएको हो ।
२ जनाको समुहमा आएको यूवाहले वि.एन. ईम्पोरियमका सञ्चालक विनोद प्रसाद गुप्तालाई कुटपिट गर्दै डोरमा राखेको १ लाख ४९ हजार रुपैया लुटेर लगेको दावी गरेका छन् । सञ्चालक गुप्तालाई कुटपिट गर्दा गाला तथा हातमा चोट लागेको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मनोज कुमार यादवले सोही घटनाको आरोपमा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरे पनि चोरीको घटना नभई दुई पक्ष बीचको विवादमा कुटपिट भएको दावी गर्नुभयो ।
घटनास्थलबाट सिमावर्ती क्षेत्र जयनगरका अशोक गुप्ता र सत्यनारायण गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Facebook Comments