Loading...
चैत २५ गते धरानमा बृहत सांस्कृतिक कार्यक्रम हुने , कार्यक्रमको मुख्य आकर्षण ज्याेती मगर

चैत १६। किरात याक्खा छुम्मा सांस्कृतिक कलाकार संघ सुनसरीले चैत २५ गते धरानमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायिका ज्योती मगर समेत आउने भएकी छन् । धरान–१२ स्थित पब्लिक उच्च मा.वि.को प्राङ्गणमा हुने सो सांस्कृतिक कार्यक्रममा जम्मा भएको रकमले उच्च शिक्षा हासिल गर्नका लागि याक्खा छुम्मा समुदायका विपन्न जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न राहत कोषको स्थापना गरिने संघका अध्यक्ष जीवन याक्खाले जानकारी दिए ।

कार्यक्रमलाई आकर्षक बनाउनका लागि चर्चित गायिका तथा कलाकार ज्योती मगर, कलाकार विनोद खम्बू, ममता राई लगायतको प्रस्तुती रहनेछ भने गरिमा डान्स सेन्टर धरान र याक्खा कलाकारहरुको विशेष प्रश्स्तुती रहने आयोजकले जानकारी दिएको छ । संघले मनोरञ्जनात्मक कार्यक्रम गरी समुदायका विपन्न विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस भनेर शैक्षिक राहत कोषको स्थापना गर्ने मुख्य उद्देश्य भएको आयोजक समितिकी सदस्य मेरिना याक्खाले बताइन् ।

राम नवमी अर्थात् चैते दशैको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताएको छ । करिब ५ लाख खर्चको अनुमानित बजेट संघले सार्वजनिक गरेको छ । कार्यक्रममा १ सय ५० रुपैयाको टिकट रहेको छ भने विभिन्न संघ संस्था र व्यक्तित्वहरुको सहयोग रहने बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *