Loading...
राजेन्द्र महतोको स्वार्थमा लिप्तता र परिवारवाद चिन्तन भन्दै योगेन्द्र यादव सहित दर्जनौ नेताले दिए राजिनामा

काठमाडौँ , १६ चैत्र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अलोकतान्त्रिक रवैया प्रती असन्तुष्टी राख्दै सदभावना पार्टीका केन्दीय सदस्य तथा युवा विभाग प्रमुख योगेन्द्र राय यादवले राजीनामा दिएको छ । उहाँले पार्टी पूर्णरुपले परिवारबाद र बैचारिक शंकृणताबाट अभिप्रेरित भएकाले कुनै पनि आन्दोलन र मधेशको लागि मरि मिटने युवाहरुको भविष्य उज्वलो नरहेको नेता यादवले प्रष्टयाउनु भएको छ ।
युवा नेता यादवले पार्टी र अध्यक्ष महतोको अलोकतान्त्रिक रवैया, मधेश र उत्पीडित समुदायको मुक्तिभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्तता र परिवारवाद चिन्तन हावी भएको आरोप लगाएका छन् ।
उहाँसँगै रौतहट जिल्ला कार्य समितिका सचिव राकेश यादव, शंकर चौधरी, कमल पासवान, उपेन्द्र राय यादव, किसुन चौरसिया, हृदयनारायण, शम्भु प्रसाद यादव, युवा मञ्चका केन्द्रीय सदस्य दिनेश कुमार यादव, विधार्थी मञ्चका जिल्ला सदस्य दिपेन्द्र यादव लगायत सामुहिक राजीनमा दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *