
किरण कर्ण, धनुषा- चैत्र १६ । मधेश केन्द्रित दलहरुले संबिधान संसोधन बिना स्थानिय तहको निर्बाचन कुनै पनि हालतमा हुन नदिने बताईरहदाँ म्यादी प्रहरीमा भर्नाका लागि धनुषाका युवाहरुले आबेदन दिन थालेका छन । स्थानिय तहको निर्बाचनको चहलपहल खासै नदेखिए पनि उम्मेदबारहरुले आन्तरीक तयारी गरिरहेका बेला बेरोजगार युवाहरुले म्यादी प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा आबेदन दिन थालेका हुन ।
प्रहरी जवान सरहको ५५ दिनको लगभग ४० हजार रुपैया सेबा सुबिधा पाउने र प्रमाण पत्र समेत पाईने भएका कारण आबेदन दिन लागिएको युवाहरुले जनाएको छ । तिन दिनमा १५ सय २० जनाले आबेदन दिएको र आज पनि करिब ६ सयको हाराहारीमा गरी २ हजार १ सय २० जनाले आवदेन दिएको प्रहरी नायब निरिक्षक मनोजकुमार यादवले बताए ।
संख्या खुलाएर पत्र नआए पनि दोस्रो संबिधान सभा निर्बाचनमा भर्ना गरिएको अनुसार नै स्थानिय तहको निर्बाचनमा पनि १५ सय जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Facebook Comments