Loading...
प्रचण्डको औचित्यहीन चीन भ्रमण – दीर्घराज प्रसाई

राजनीतिक परिवर्तनको क्रममा बहुदलीय व्यवस्था पुनरस्थापना  भएपछि २०४८ सालमा गिरिजाप्रसाद कोइराला चीनको भ्रमण गरे । उनले चीन भ्रमण गर्ने २०१८ सालमा पहिलो राष्ट्रप्रमुख राजा महेन्द्रको र प्रधानमंत्री टंकप्रसाद आचार्यको २०१३ सालमा सम्पन्न भ्रमणको नाम लिन नचाहेकाले त्योबलादेखि नेपालीपक्षबाट इतिहासलाई नै. दबाउन खोजेकाले चीनसँगको संवन्धमा चीरा पर्न थालेको थियो । गिरिजा सँधै भारतपरस्तको रुपमा चिनिएका र उनीपछि शेरबहादुर देउपा जतिपटक प्रधानमंत्री भएता पनि उनलाई सीआएको एजेन्ट ठानेर चीनले कहिले विश्वास गरेन । त्यसलेगर्दा २०४८देखि २०७३ सालसम्म पार्टीका नेताहरुसँग चीन सशंकित भइरह्यो । २०१३ सालमा पहिलो सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१६मा बीपी कोइरालाबाट भएको हुन भने २०१८ सालमा चीनको राजकीय भ्रमणमा जाने पहिलो राष्ट्रपूमुख राजा महेन्द्र हुन् । दुबै प्रधानमंत्री र राजा महेन्द्रबाट आधुनिक चीनमा सुमधुर मैत्री संवन्धको जग बसालिएको कुरालाई पंतिशोध राखेर प्रधानमंत्री गिरिजाले बोल्न्ै चाहेनन् । निहेत नैं ठीक नभएपछि जत्ति नैं बडप्पन देखाउन खोजे पनि त्यो अनर्थ हुन्छ । त्यस्तै यसपटकको प्रचण्डको यो प्रयोजनहीन भ्रमण पनि त्यस्तै हावादारीमा होला । प्र्रधानमंत्री प्रचण्ड दोस्रो पटक २०७३ साल चैत्र १० गतदेखिकोे चीनको हेनान प्रान्तस्थित बोआओ फोरममा भाग लिने सन्दर्भको भ्रमणको बेला उनले हिनतावोध जाहेर गरेर अरु ‘आफू भारतीय दलाल होइन’ भनेर परिचय दिन खोज्ने जमर्कोमा छन् । चीन जानुभन्दा अगाडि उनले–‘चीनले आफ्रनो दल र आफूलाई भारतपरस्त रुपमा बुझेको आशंका गरेका त्यो भ्रम चीर्न भ्रमणमा जान लागेको’ लज्जास्पद तर्क प्रस्तुत गरेका थिए । प्रचण्ड बाबुराम भट्टराईहरुले जत्ति नैं भारतपरस्त होइनौं भनेर बोले पनि कसैले पत्याउँदैन ।

चिनीया यात्री हुयानसाङले नेपालको भ्रमण गरेर यात्रा बृतान्तमा लेखेका थिए– ‘नेपालका मानिस झूठो र अविश्वसनीय व्यवहार गर्दछन् । यो व्यवहार कठोर र खतरनाक हुन्छ । यहाँका मानिसमा सत्यनिष्ठा र सद्भावना छँदैछैन । यद्यपि यहाँ विभिन्न थरीका परम्परावादी र स्वतन्त्र विचारका मानिसहरु छन ।्‘ नेपालमा २०६३ सालपछिका गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउपा, प्रचण्ड र बाबुराम भट्टराई जस्ता गद्दार नेताहरुलाई नैं इन्कीत गरेर उसबेला उसबेलाझैं ठीक अहिले पनि नेपालमा पार्टीका त्यस्तै देशद्रोहीहरु र भाट बुद्धिजीवीहरुको हात माथि परेकाकाले अहिलेका दलाल नेताहरुको बारेमा हुयानसाङले उसबेला लेखेका हुनसक्छन् । यसकोसाथै चिनीया यात्री हुयानसाङले आफ्नो यात्रा बृतान्तमा नेपालको सुशासन र राज्य व्यवस्थाको पनि उल्लेख गरेका थिए– ‘नेपालको राज्य व्यवस्थाले छिमेकी राज्यहरुमा आफ्नो प्रभाव कायम राखेको थियो । लिच्छवि कुलोत्पन्न क्षेत्रीय राजा छन् जसलाई अनेक कुराको ज्ञान छ । यहाँ अंशुवर्मा नामका राजा थिए, यिनको प्रताप र प्रतिभाको कीर्ति टाढा–टाढासम्म विख्यात थियो ।’ त्योबेलाका अंशुवर्मा र नेपालको एकीकरणका निर्माता पृथ्वीनारायण शाह र २०१८ सालमा चीनसँग सुमधुर संवन्ध कायम गर्ने राजा महेन्द्र तथा राजा वीरैन्द्र जस्ता महान राजाहरु र २०१३ सालमा चीनको भ्रमण गर्ने पहिलो सरकार प्रमुख प्रधानमंत्री टंकप्रसाद आचार्य तथा २०१६ सालमा नेपाली कांग्रेसका नेता प्रधानमंत्री जस्ता व्यक्तित्वहरुको अभावमा, नेपालको अन्धकार भविष्य बाहेक, समृद्ध नेपालको कल्पना गर्न सकिने स्थिति बन्न सकेको छैन ।

माओवादीका प्रचण्ड, बाबुराम भट्टराईका माओवादी जथ्थाहरुलाई भारतीय कांग्रेस (आई) र उसको गरप्तचर संस्था ‘रअ’ले सुरक्षाकासाथ तालीम दिएर भारतमा राखेको कुरा कस्ल्ँई थाहा नहोला ? भारतको रणनीति अनुसार माओको नामबाट माओवादी पार्टी खोल्ने र त्यस बापत चीनबाट पनि सहयोग गर्ने, उता भित्रभित्रै चीन टुक्रयाउन फ्रि तिब्बतको मुद्धालाई पनि चम्काउने र नेपाल माथि आक्रमक बनेर नेपाल असफल राष्ट्र बनाएर नेपालमा भारतको हालिमुहाली गराउन राखिएको संगठन हो । चीनले यो कुरालाई राम्ररी बुझेको हुनुपर्छ । गद्दारहरुका बहुरुप हुन्छन् । सबैलाई थाहा छ– दोस्रो पटक प्रधानम्रत्री हुँदा रअ’ र भारतीय राजदूत रन्जित रायका दबाब र षडयन्त्रबाट भारतले खड्ग ओलीलाई चीन परस्त भनाएर प्रधानमंत्रीमा दिएको समर्थन फिर्ता दिएर कांग्रेसका पदलोलुप्त शेरबाहदुर देउपाको समर्थन लिएर प्रचण्ड प्रधानमंत्री बनेका हुन् । चीनले कसरी मित्रको रुपमा उनलाई लिन्छ ? चीनले त छिमेकी देशको प्रधानमंत्रीको रुपमा बोलायो । तर चीनले उनलाई भारतीय दलालको रुपमा व्यवहार गर्ने कुरा स्पष्ट छ । अहिले विश्वले बुझेको छ कि नेपालका कम्युनिष्ट भनेका भारतका छौंडा हुन् । नेपालका कम्युनिष्टहरु नेपालको राष्ट्रियता तथा यसका पहिचानहरुलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्ता माथि नैं आक्रमक हुने, नेपाली जनताको अपहरण हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउने, ठूल्ठूला भवन बनाउने, लुटका पैसाले दादागिरि, गुण्डाहरुको संगठन गरेर शक्ति प्रदर्शन गर्ने मात्र चासो छ ।

चीनका महान नेता माओत्सेतुङ, तेङसियाओ पिङ, जीङ जमीन, हु जीन ताओ र अहिलेका राष्ट्रपति सी जिङपिङको समपर्ण र निर्धारित सिद्धान्तका नीति र कार्यक्रमहरुलाई चीनका हरक्षेत्रमा कार्यरुपमा परिणत गरेर देखाएका छन् । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चीनिया जनताको इच्छा बुझेर तेङसियाओ पिङबाटजुन योगदानहरु भए त्यही नैं अहिलेको चीनको चमत्कार हो । तेङसियाओ पिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्रलाई उजागर गर्ने कार्य भएको र यसले चीनले विश्वमा बाणिज्य तथा ब्यापार मात्र प्रसतुत नगरे विश्वमा नैं विज्ञान र प्रविधिको विकासमा ठूल्ठूला कार्य गर्न अग्रसर भयो । गरिबी समाप्त गर्ने र समय अनुसार चल्ने चीनिया कम्युनिष्ट पार्टीले लक्ष्य बनायो । आज चीन सरकार विश्वका राष्ट्रहरुमा सम्पन्न राष्ट्रको रुपमा चिनिएको छ । तर नेपालका कम्युनिष्टहरु खुराफाथी गरेर आफू र आफ्रनो देशमा वदनाम छन् । पैसा मात्र कमाउन धाउन्नमा व्यस्त भ्रष्ट भारतीय भरियाको रुपमा चिनिएका प्रचण्डलाई चीनका राष्ट्रपति सी जिङपिङकाले भेट त दिए तर चीनिया राष्ट्रपति खुलेर बोलेनन् । यो नैं उनको लागि अहोभाग्य हो । चीनिया प्रधानमंत्री नभएको अवस्थामा भारतीय चम्चाको रुपमा संसारले जानी बुझेका प्रचण्डले यसरी चीनको प्रयोजनहीन भ्रमणमा जानु नैं हुन्नथ्यो । धिक्कारछ प्रचण्डलाई चीनले नेपाललाई मित्र शक्तिको रुपमा सहयोग गर्न नेपालमा रेल्वे मार्ग तथा अन्य भौतिक विकासमा सहयोग गर्न तत्परता देखाएको छ । चीनसँग नेपालको प्रारम्भदेखिनैं गहिरो सम्वन्ध कायमहुँदै आएकोले अहिलेसम्म त्यसले दिगो रुप लिएकोछ । नेपालले पनि चीनको सार्वभौम मान्यतालाई खल्बलाउने काम गरेको छैन । सन् १९७१ मा चीनले संयुक्त राष्ट्र« संघको सदस्यता लिन नेपालले राम्रो भूमिका खेलेको थियो । चीनल पनि नेपालको आर्थिक विकासको निम्ति धेरै सहयोग उपलब्ध गराएको छ । चीन र भारत नेपालका नजिकका छिमेकी राष्ट्रहरु हुन् । चीन, भारतसँग संतुलित सम्वन्ध कायम राख्न सक्नु नैं नेपालको सफल परराष्ट्र नीति हो । तर नेपालले चीन भारतसँग संतुलित संवन्ध कायम राख्न खोजेता पनि नेपाल चीनपरस्त रहेको भारतले देख्छ । वास्तवमा चीन नभएको भए भारतले पहिल्यै नेपाल खाईसक्थ्यो । परराष्ट्रविद् तथा चीनका पूर्व राजदूत केशरबहादुर केसीले पनि भन्थे–‘नेपालमा राजसंस्था र चीन नभएको भए नेपाललाई पहिले नैं भारतले खाईसक्थ्यो ।’ चीनका नेता माउत्सेतुडले नेपाल र नेपालको राजसंस्थालाई सँधै सम्मान गर्थे । नेपालको राजसंस्था साम्राज्यवादी शक्तिसँग स्थापित भएको संस्था भएकाले नेपालको राजसंस्थालाई चीनको मित्र शक्तिको रुपमा लिन्थे । त्यसपछि तेङसियाओ पिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्रलाई उजागर गर्ने कार्य भएको र यसले चीनले विश्वमा बाणिज्य तथा ब्यापार मात्र प्रस्तुत नगरे विश्वमा नैं विज्ञान र प्रविधिको विकासमा ठूल्ठूला कार्य गर्न अग्रसर भयो । गरिबी समाप्त गर्ने र समय अनुसार चल्ने चीनिया कम्युनिष्ट पार्टीले लक्ष्य बनायो ।

तेङसियाओ पिङको सन् १९७७ मा नेपालको भ्रमण गरेका थिए । त्यसभ्रमणको अवसरमा उनले भनेका थिए–‘नेपाल आफ्नो संस्कृति इतिहासमा धनी छ । नेपाल जनता सार्वभौमसत्ताका र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादको बिरुद्ध सँधै सक्रिय रुपमा संघर्षरत छ ।’ तेङसियाओ पिङपछि हु जीन ताओ, र सी जिङपिङ राष्ट्रपति बनेका छन् । सी जिङपिङ चीनमा साम्यवाद स्थापना भएपछि सन् १९५२ मा जन्मेका युवा नेता हुन् । उनको चीन निर्माणमा चीनिया सपनाको परिकल्पनाबाट चीनलाई समृद्धशाली राष्ट्रको रुपमा विकास गरेर चीनका छिमेकी राष्ट्र नेपाल तथा भारतसँग संतुलीत संवन्ध कायम गर्ने र संसारका देशहरुमा आफ्नो संवन्ध बिस्तार गर्ने दृढता व्यक्त गरिसकेका छन् । उता भारत स्वतन्त्र भएपछि प्रधानमंत्री नेहरुको समयकाल २००७ सालदेखि २०७० सालसम्म भारतले भित्रभित्रै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपाललाई कहिले पनि मित्र शक्तिको रुपमा सोचेन । यसले भारतले नैं नेपालीहरुलाई भारत बिरोधी बनायो । इन्दीरा गाँध्ीले पनि नेपाललाई खाने अनेक दाउ गरिन् । त्यसपछि राजीव गाँधी नेपालको बिरुद्ध उत्रिए । उनको हत्यापछि उनकी बिधवा सोनीयाँ गाँधीको सरकारले नेपाललाई दुःख दिन अनेकौं षडयन्त्र गरिन् ।
भारतमा कांग्रेस (आई)को सत्ता हटेर भारतीय जनताको अत्यधीक समर्थन पाएर हिन्दुवादी राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ । तर २०७० सालपछि एकलौटी रुपमा भाजपाका नरेन्द्र मोदीको नेतृत्वमा सरकार गठन भएको छ । नेपालका हिन्दु राजाले टेकेको पाइतालाको टिका लाउने पार्टी भाजपाले आफ्रनो आस्थाको प्रतिकुल ठान्न सक्छ । नरेन्द्र मोदी आफै एक अनुभवी नेताको रुपमा विश्वभरी आफ्रनो संवन्ध सुममधुर बनाउन सकेकोमा उनी नेपालको हिन्दु अस्मिता र सार्वभौमसत्ताको समर्थनमा नैं छन् । पृथ्वीनारायण शाहको नेतृत्वमा विक्रम संवत् १८०१देखि नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुरदेखि चौदण्डीदेखि टिष्टासम्मको सेनबंशी राज्य, पाल्पा, कास्की, बाइसी, चौबिसी लगायत ५४ भन्दा बढी स–साना हिन्दु राज्यहरु एकीकरण गरेपछि नेपाल विश्वभरको एक मात्र हिन्दु अधिराज्य भएकाले हिन्दुत्वको सिद्धान्त बोकेको भाजपाले नेपाल हिन्दु अधिराज्यकै रुपमा स्थापित रहिरहोस् भन्ने उसको मान्यता हुनसक्छ । हालै उत्तरप्रदेशको मूख्यमंत्रीमा नियुक्त हुनुभएका भाजपाका सांसद योगी आदित्यनाथ नेपालको राजसंस्था र हिन्दु अधिराज्यको  लागि समर्पित छन् । उनको भनाई छ–‘राजसंस्था बीनाको नेपाल हुनै सक्तैन ।’ नेपालमा देशभक्तहरुको अनुकुल सत्ता भारतमा लोकप्रिय भएको अवस्था र नेपालमा राष्ट्रवादी शक्ति उठन लागेका स्थितिमा नेपालको संतुलीत परराष्ट्र नीतिलाई ध्वस्त पारेर भारतपरस्त बनेका अहिलेका प्रधानमंत्री अताल्लिएका छन् ।

पृथ्वीनारायण शाहले आफ्ना भाइभारदार तथा सहयोगीहरुको उपस्थितिमा भनेका थिए– यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन ।’ यसरी उत्तर र दक्षिण तर्फका ठूला राष्ट्रहरु– चीन र भारतको बीचमा कसरी कस्तो कुटनीति अवलम्वन गर्नुपर्दछ भन्ने कटुसत्यलाई नेपाली कांग्रेस र माओवादीले ध्वस्त बनाएकाले आज नेपालको चीन र भारतसँगको संतुलित परराष्ट्र नीति असफल बनाइएको छ । पृथ्वीनारायण शाहले बेलायती सम्राज्यवादी शक्तिसँग भिडेर सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्डका स–साना हिन्दु राज्यहरुलाई एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने जुन महान योगदान गरे त्यही नैं हामी नेपालीहरुको गौरव हो । प्राचीन समयदेखि चीन तथा भारतसँग नेपालको सुमधुर संवन्ध कायम रहँदै आएको छ । नेपाल, चीन र भारत बीचको मैत्री सम्वन्ध मूख्य रुपमा धर्म, संस्कृति, ब्यापार तथा वैवाहिक आधारमा विकसित हुँदै आएको हो । चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक संवन्ध कायम भएको थियो ।

भारतखण्डमा हिमवतखण्ड नेपालको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर भारतमा गुप्तकालका राजाहरु नेपालका लिच्छवि राजाकी छोरीसँग विवाह गरेर आफ्ना मुद्राहरुमा ‘लिच्छवय’ ‘लिच्छवि कन्या दौहत्री’ उल्लेख गरेका थिए । चीन तथा भारतसँग हिन्दु तथा बौद्ध धर्म मूख्य कारक बनेको छ । पौराणिककालदेखि हिमत्खण्डको प्रतिष्ठालाई चीन तथा भारतबाट सम्मान हुँदैआएको छ । बाह्रौं शताब्दिमा चीनका बादशाहको आग्रहमा नेपालबाट अरनिकोलाई झिकाएर स्तुप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो । अहिलसम्म बेइजिङमा अरनिकोबाट निर्मित बौद्ध गुम्बालाई बडो सम्मानकासाथ राखिएको छ । त्यस्तै बेइजिङको लामा टेम्पल एउटा सुजन्जित बौद्ध स्थल हो । यसक्षत्रको बौद्ध मंदिर र त्यो क्षेत्रमा नेपालको प्यागोडा शैलीका भवनहरु ठडिएका बृइजिङ भ्रमणकोबेला देखियो । त्यसक्षेत्रमा ‘ओम मणि पद्ये हुम्’ को मंन्त्रबाट मंदिर भित्र र मंदिर आसपासको सडक सडकमा गुञ्जयमान भइरहन्छ । बेइजिडमा अरनिकोको शालीक समेत राखिएको र अरनिकोबाट निर्मित मंदिर अगाडि नेपाली,चीनिया, अंग्रेजी भाषाको शीलालेख समेत राखिएको छ । तर यो हिन्दु तथा बौद्धभूमिका सबै मान्यताहरुलाई २०६३ पछिका सत्तासीन गद्दार नेताहहरुले ध्वस्त बनाए ।

नेपाल, चीन र भारतबीचमा सुमधुर मैत्री संवन्धका आधारहरु मध्ये धर्म, संस्कृति तथा स्थायी राष्ट्रप्रमुखको रुपमा राजसंस्था नैं हो । किरातकालदेखिनैं नेपालको आर्थिक, सामाजिक र धार्मिक जीवनकोक्रम बसिसकेको थियो भन्ने कुरा बुद्धग्रन्थ ‘मूुल सर्वास्थिवाद विनय संग्रह’ तथा ‘कौटिल्यको अर्थशास्त्र’ बाट थाहा हुन्छ । नेपालका विभिन्न राजवंशहरुले भोट, चीन, भारत र अन्य देशहरुसँग ब्यापारिक संवन्ध कायम गरेको र भारतबर्षमा अयोद्याका युवराजा रामको बिवाह जनक राजा की छोरी सीतासँग भएको थियो । त्यस्तै राजा अशोक वौद्ध धर्मप्रति आस्थावान भएर वुद्धको जन्मथलो लुम्विनी आएका र आफ्नी छोरी चारुमतिको बिवाह नेपालका राजा देवपालसँग गराएका थिए । नेपालको भारत र चीनसँग छिमेकीको नाता मात्र नभएर परापूर्वकालदेखि हिन्दुत्व र बौद्ध दर्शनको प्रभावले आत्मीयता गाँसिएको छ । चीन तथा भारतसँग नेपालले संतुलित संवन्ध कायम राख्न नसकेको अवस्थामा नेपालको राष्ट्रियता खल्बलिन जान्छ । २०६३ सालपछिका भारतपरस्त सत्तासीनहरुबाट कुनै हालतमा पनि चीन तथा भारतसँग् स्ंतुलित संवन्त्र कायम हुन सक्तैन । अतः नेपाल, चीन तथा भारतबीचमा सँधै सौहार्दता कायम राखेर र नेपालको राष्ट्रिय एकता र स्थिरता कायम राख्न एक चीन नीतिको समर्थनमा चीनको स्थिरता र भारतको चासोलाई ख्याल गरेर भारत र चीन बीचमा शान्त, सौहार्द र सुमधुर संवन्ध कायम राखेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम समृद्ध राष्ट्रको रुपमा उभ्याउन २०७२ साल असोज ३ गते नेपाल टुक्रयाउन घोषणा गराइएको संविधान खारेज गरेर २०४७ सालकोसंविधानलाई आधार बनाएर चीन तथा भारतसँग संतुलिन संवन्ध कायम गरी विश्वसँग समझदारी बढाएर अघि बढ्न विश्वको हिन्दु अधिराज्य तथा स्थायी राष्ट्रप्रमुखको रुपमा राजसंस्थाको संरक्षणमा नेपाल हिड्नु पर्छ ।

                                Email:dirgharajprasai@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *