
काठमाडौं- चैत्र १६ । नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिबसमा पत्रकारहरु नै बिभाजित देखिएको छ । पत्रकार महासंघले संस्थागत रुपमा आज अर्थात चैत्र १६ गतेलाई आफ्नो स्थापना दिबस मनाइरहँदा महासंघकै पुर्व र बर्तमान पदाधिकारीहरुले सामाजिक सञ्जाल मार्फत नै भिन्न मत खुलेरै प्रकट गरेपछि आज स्थापना दिबस मनाउने आम पत्रकारको मत बिभाजित देखिएको छ ।
- फोटो सुर्य थापाको फेसबुकबाट
लोकतान्त्रिक खेमाका पत्रकारले आजकै दिनलाई ६२ औं स्थापना दिबस र बामपन्थी खेमाका स्थापित पत्रकारले ६६ औ स्थापना दिबसलाई लिएर बिगतमा गरेका टिका टिप्पणी यस बर्ष पनि छताछुल्ल भएर सामाजिक सञ्जालमा पोखिनुले यो दिबसको गरिमा र महत्व माथि नै प्रश्न चिन्ह खडा गरिदिएको पत्रकारहरु बताउछन ।
कृष्ण प्रसाद भट्टराई र सत्यनारायण बहादुर श्रेष्ठ मध्ये को संस्थापक भन्ने बिषय नै यस सवालको निरुपण गर्ने एक मात्र उपाय हो तर यी दुई पत्रकारका अग्रज आज हाम्रो सामु नरहँदा समेत बिबाद झिकीरहँदा उहाँहरुको योगदान माथि प्रश्न उठेको र इतिहासलाई पत्रकारहरु आफैले खिल्ली उडाएको पत्रकारहरुले बताएका छन ।
Facebook Comments