
काठमाडौँ १५ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले मंगलवार एमालेका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज सुमन प्याकुरेलको राजविराज–४ स्थित निवासमा घेराउ तथा नारावाजी गरेका छन् ।
फागुन २३ गतेको मलेठ घटनापछि लामो समय राजविराज वाहिरै रहेका प्याकुरेल घर आएको जानकारी पाएपछि मोर्चाका कार्यकर्ताले उनको घर घेराउ गरेका थिए । सप्तरी घटना हुनुमा प्याकुरेल समेत जिम्मेवार रहेको भन्दै मोर्चाका कार्यकर्ताले उनी विरुद्ध नारावाजी गरेका थिए ।
प्याकुरेलको घरमा पुगेका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले घरमा प्याकुरेल नभएको उनकी पत्नी मात्र रहेको जानकारी दिएपछि मोर्चाका कार्यकर्ताहरु फर्केका थिए । प्याकुरेल पत्नी ज्योतीलाई स्कर्टिङ्ग गरेर विराटनगरतर्फ पठाईएको जनाईएको छ । प्याकुरेलको राजविराज स्थित घरको सुरक्षाकालागि प्रहरीको टोली तैनाथ गरिएको छ ।
from: newstoday.com
Facebook Comments