Loading...
अखिर उप-प्रधानमन्त्री बरियता बिबाद कहिलेसम्म ?

काठमाडौं- चैत्र १७ । उप-प्रधानमन्त्रीद्धय बीचको बरियताको बिबाद देखिने गरी छताछुल्ल भएको छ । आखिर प्रधानमन्त्री दाहाल कसलाई बरियताको आधारमा पहिलो नम्बरमा राख्न चाहन्छ ? यो नेपाली राजनीतिको सबै भन्दा पेचिलो र जटिल प्रश्न बनेर खडा भएको छ । दाहाल चीन भ्रमण जाँदा समेत बरियताको बिबादका कारण नेपालकै इतिहासमा पहिलो पटक कार्यबाहकको जिम्मेबारी दिइएन त्यसैको फलस्वरुप बरियताको बिबाद थप छताछुल्ल बन्न पुग्यो ।

प्रधानमन्त्री पुष्प कमल दाहालले बरियताको टुंगो लगाउननसक्नुको पछाडि स्थानीय निर्बाचन हुने अथवा नहुने भन्ने बिषयमा निर्भर छ । कमल थापालाई बरियताको क्रममा पहिलो नदिउ सरकार ढल्ने खतरा र बिमलेन्द्र निधिलाई नदिउ नेपालकै पहिलो ठुलो दलमाथि अपमान, यो धर्मसंकटको बीच बाट बरियता बिबाद थप बल्झिने निश्चित छ । कांग्रेस संसदकै ठुलो दल हुँदा स्वत: उसलाई पहिलो उप-प्रधानमन्त्री नदिदा कांग्रेसको लागि यो भन्दा लज्जाको जग हसाउने केही हुदैन किन भने पहिलो ठुलो दल त्यसमा पनि उप-प्रधानमन्त्री पनि दोस्रो या तेस्रो ।

अर्काे थापालाई नदिउ थापा चिढिए मधेसी मोर्चाले सर्मथन फिर्ता लिईसकेपछि बर्तमान सरकारको गठबन्धन कमजोर हुने डर यस्तो परिस्थीतिको बीचबाट नेपाली राजनीति अगाढी बढेकोले उप-प्रधानमन्त्रीको बरियताको बिबाद अझ लम्बिने निश्चित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *