Loading...
नेकपा एमालेको ढाडस, मोर्चाको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई निर्देशन , मधेश छिर्ने तर पहाडी इलाका मात्र !!

सरोज खिलाडी

१६ चैत, बर्दिबास । सप्तरीमा ५ जना को हत्या पछि मधेश प्रदेशमा मेची महाकाली अभियान स्थगित गरेको नेकपा एमालेले फेरि मधेस छिरेको छ । बुधबार बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताले २ नम्बर प्रदेशलाई नजर अन्दाज गरेर चुनावमा होमिने बताएका छन् । मधेश प्रदेशमा भेला गरे पनि एमालेले बर्दिबास अर्थात पहाडी इलाकामा गर्नु भनेको डराउनु सरह हो मोर्चाका नेताहरुले बताएको छन् ।

करीव एक हजार अगुवा कार्यकर्ता सहभागी रहेको भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेलले २ नम्बर प्रदेशको विकासको खाकासहित अब एमाले मधेसमा अड्डा जमाएर बस्ने बताएका थिए । उनीहरुले मधेसी मोर्चा र कांग्रेसको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई ढाडस समेत दिएका थिए ।

प्रदेशस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली बर्दिबास आउने भनिए पनि मौसमका कारण उनको भ्रमण रद्द भएको एमालेले जनाएको छ । भेलामा प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले २ नम्बर प्रदेशमा आउने चुनावमा एमालेलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *