
भारतले साँच्चिकै सम्बन्ध सुधार गर्न र फास्ट ट्र्याक बनाउन चाहन्छ भने सर्वदलीय सहमति र पारदर्शी सम्झौता गरेर बनाउन दिउँ ! फास्ट ट्र्याक बनाउने पैसाले हामी पूर्वपश्चिम रेलवे पनि बनाउन सक्छौँ ।
फ़ास्टट्र्याकमात्रै देशको प्रोजेक्ट होइन । देशलाई फास्ट ट्र्याकजस्ता दर्जनौं मेगा-प्रोजेक्ट चाहिएको छ । केरुङ्गदेखि काठमाडौंसम्म चीनले र काठमाडौंदेखि बीरगंजसम्म भारतलाई रेलसेवा विस्तार गरिदिन अनुरोध गरौँ । खासमा अब देशभरि नै फास्टट्र्याक चाहिन्छ । हिमाल र तराई भाइभाइ भनेरमात्र हुँदैन, तिनलाई जोड्ने कम्तिमा पाँचवटा ठूला सड़क या रेलमार्ग पनि त चाहियो ।
, हाम्रो भूराजनैतिक अवस्थाले गर्दा दुबै छिमेकतिर राम्रो सम्बन्ध बनाइराख्नुमैं फाइदा छ । दुबै देशको सुरक्षा चासो सबैभन्दा मुख्य छ र ती दुबै त्यसका निम्ति नेपाल आफ्नो प्रभावबाट टाढा नहोस् भन्ने चाहन्छन् । नेपालले त्यस्तो ‘प्रभाव’लाई देशको समृद्धिमा प्रयोग गर्न सक्छ । निःस्वार्थ सहयोग कसैले कसैलाई गर्दैन, आफू तल परेर पनि कसैले सहयोग गर्दैन । यस्तोमा नेपाललाईमात्रै फाइदा हुने कुनै सहयोग आउला भन्ने छैन, तर देश नहार्ने गरी सम्झौता गर्न सकिए राम्रो हुन्थ्यो । यहाँ त व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रिय स्वार्थलाई बन्धक बनाउने काम भइरहेछ ।
विकासका मुद्दामा कम्तिमा घटिया राजनीति बन्द गरेर सबै दल एक भए हुने । बने बन्ने आफ्नै देश त हो नि !
Facebook Comments