Loading...
रौतहटको झटका पछि राजेन्द्र महतो सिरहामा सिद्धिने संकेत , केन्द्रिय पदाधिकारी सहित पन्ध्र सय भन्दा बढि फोरम नेपालमा प्रवेश गर्ने

सरोज खिलाडी

सिरहा, चैत १६ –राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीलाइ सिरहामा ठूलो धक्का लाग्ने भएको छ । सद्भावना पार्टीका केन्द्रीय पदाधिकारीसहित ठूलो समूह संघीय समाजवादी फोरम नेपालका जाने तयारी गरेको स्रोतले बताएको छ ।

पार्टीका सहमहामन्त्री राजु गुप्ताको नेतृत्वमा १५ सय जना नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गर्न लागेको बताइएको छ । पार्टीभित्रका केही स्वार्थी नेताका कारण पार्टी छाड्नु उनले परेको नेताहरु ले बताएका छन् । सहमहामन्त्री गुप्ता दुई महिनाअघि वीरगञ्जमा भएको पार्टीको विस्तारित बैठकमा राजिनामा दिएका थिए तर उनको राजिनामा स्वीकृत भएको छैन । उनीहरु २२ गते लहानमा एक कार्यक्रम गरी पार्टी त्यागेर फोरम नेपालमा प्रवेश गर्ने बताइएको छ ।

स्रोत का अनुसार सहमहामन्त्री गुप्ता लगायत पार्टीका केन्द्रीय सल्लाहकार रामबल्लव साह र पीबी ठाकुर, क्षेत्रीय अध्यक्ष प्रमोद साह, शिक्षक मञ्चको केन्द्रीय सदस्य नेपाली साह, दलित मञ्चको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र पासवानलगायत १५ सय कार्यकर्ता तथा नेताहरु सद्भावना पार्टी छाडेर फोरम नेपालमा प्रवेश गर्न लागेको हो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *