Loading...
माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) माओवादी बैद्य विच पार्टी एकता

स्थानिय तहको निर्वाचनको मिती नजिकिए सँगै देशका विभिन्न स्थान तथा पार्टी कमिटीमा पार्टी प्रवेशको लहर चलेको वेला धादिङमा भने दुई पार्टी विच एकता भएको छ । मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङ विच एकता भएको हो । बुधवार जिल्लामा एक कार्यक्रमको आयोजना गरि पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी शैलेशले जानकारी दिए । लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यहि छलफलको परिणाम स्वरुप पार्टी एकता गरिएको भण्डारीले बताए । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा धादिङमा अन्य पार्टीबाट माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरुको भिड रहेको पाईन्छ । स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र स्वहि अनुरुप हामि पार्टी एकता गर्न तयार भएको निवार्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । जिल्लामा यथास्थितिवादी र जडसुत्रवादीको हावी हुन नदिन दुई पार्टी विच एकता भएको कार्यकताहरुको बुझाई रहेको पाईनछ । नेकपा (क्रान्तिकारी) माओवादी जिल्ला सेक्रेटर हरि अधिकारीको नेतृत्वमा रहेको सिङ्गो जिल्ला कमिटी र माओवादी केन्द्र विच एकता भएको हो । एकता भए सँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगवहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास वि.क.(विद्यार्थी अध्यक्ष) ज्ञान वहादुर घले, मानबहादुर तामाङ, गणेश घले मदन तामाङ, चन्द्र बहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यिय कमिटी मध्ये १६ सदस्य माओवादी केन्द्र सँग एकता भएको हो । एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्का पोलिट व्युरो सदस्य शालिकराम जम्कटेलको विषेश आतिथ्यता रहेको थियो । दुई पार्टीको पदाधिकारी तथा कार्य समिती विच एकता पश्चात अब धादिङको माओवादी आन्दोलनले नयाँ उचाई लिने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए ।

newssewa बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *