Loading...
फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सरकारलाई अर्को ठुलो झड्का

काठमाडौं-चैत्र १७ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । संबिधान संशोधनको प्रक्रियालाई तत्काल अगाडि नबढाए सरकारलाई दिएको समर्थन फिर्ना लिने तयारी गरेको फोरम लोकतान्त्रिकका एक नेताले बताएका छन ।

लोकतान्त्रिकले सरकार मधेसी, थारु ,आदिबासी जानजाती र उत्पीडित समुदायको माग सम्बोधन भन्दा पनि सरकार टिकाउने फोहोरी खेलमा लागेको आरोप लगाएको छ । फोरम लोकतान्त्रिकले संबिधान संशोधन ,थरुहट मधेस आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा , घाइतेको उपचार , मृतकलाई शहिद घोषणा लगायतको माग राख्दै एक साता भित्र माग पुरा नभए सरकारलाई दिएको सर्मथन फिर्ता लिने बताएको छ ।

फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा सरकारलाई अर्को ठुलो झड्का लाग्ने छ । साथै सरकारलाई बहुमत पुर्याउन समेत हम्मे हम्मे पर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *