
काठमाडौं-चैत्र १७ । प्रधानमन्त्री पुष्प कमल दाहाल र नेपालका लागि भारतीय राजदुत मञ्जीप सिंह पुरी बीच आज भेट भएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निबासमा भएको भेटमा राजदुत पुरीको कार्यकालको प्रधानमन्त्री दाहालले शुभकामना दिनु भयो ।
भेटको क्रममा प्रधानमन्त्री दाहाल र राजदुत पुरी बीच स्थानीय तहको निर्बाचन लगायत समसामायीक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ । भेटमा भारतीय राजदुत पुरीले राजनीतिक सहमतिको आधारमा नेपालको बिकास र स्थायित्वमा जोड दिनु भएको थियो ।
Facebook Comments