
काठमाडौं-चैत्र १७ । नयाँ शक्ति पार्टीले मुलुकभर एउटै निर्बाचन चिन्ह लिएर चुनाब लड्न नपाए चुनाब बिथोल्ने चेतावनी दिएको छ । आज केही साना दल सहित प्रधानमन्त्री पुष्प कमल दाहाललाई भेटेर नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सो चेतावनी दिनुभएको हो ।
जवाफमा प्रधानमन्त्री दाहालले निर्बाचन सम्बन्धी ऐन संशोधन गर्न बहुमतको आबश्यकता पर्ने भएकोले प्रमुख दलहरु बीच न्युनतम सहमतिको आबश्यक पर्ने बताउनुभयो । दाहालले अन्य दलसँग छलफल गरेर मात्र जवाफ दिन सकिने बताउनुभएको थियो ।
त्यस अघि नयाँ शक्तिले केन्द्रिय परिषदको निर्णय सार्बजनिक गर्दे निर्बाचनको बातावरण नबनेसम्म चुनाब हुन नदिने, असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुपर्ने लगायतका माग सरकार सामु राखेको थियो ।
Facebook Comments