
काठमाडौं-चैत्र १७ । प्रधानमन्त्री पुष्प कमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बीच देउबा निबास बुढानिलकण्ठमा गोप्य भेट भएको छ । सत्ताका प्रमुख साझेदार दल बीच भएको भेटमा समसामयीक राजनीतिक बिषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
भेटमा प्रहरी महानिरीक्षक नियुक्ति र उप-प्रधानमन्त्रीको बरियताको बिषयमा कसरी अघि बढ्ने भन्ने बिषयमा कुराकानी भएको बुझिएको छ । साथै सरकारलाई समर्थन फिर्ता लिईरहेको सम्बन्धमा गठबन्धनलाई थप मजबुत बनाउन के गर्नै भन्ने बिषयमा दुई नेता बीच छलफल भएको बुझिएको छ ।
दुई नेता बीच स्थानीय निर्बाचनमा मधेसी मोर्चा सहित असन्तुष्ट पक्षलाई निर्बाचनमा सहभागी गराउने बिषयमा समेत छलफल भएको बुझिएको छ ।
Facebook Comments