Loading...
निर्वाचन आयोगले प्रधानमन्त्रीलाइ भन्यो – प्रदेश २ मा चुनाब गराउनु भनेको बाघको मुखबाट शिकार खोस्नु हो

सरोज खिलाडी

चैत्र १६ ,काठमाडौँ  मधेसी मोर्चाको प्रभाव रहेको भनिएका २ नम्बर प्रदेशका ८ जिल्लामाचुनाब हुन सक्छ कि सक्दैन भन्ने कौतुहल सर्वत्र छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले पटक पटक प्रधानमन्त्रि समक्ष निर्वाचनको बाताबरण बनाइ दिन अनुरोध गर्दै आएका छन् । चीन भ्रमणबाट फर्किएको भोलि पल्ट बिहिबार प्रधानमन्त्रि पुष्प कमल दाहाललाइ भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादव सहित आयोगको टोलिले निर्वाचन तयारिमा धेरै समस्या आएको र समस्या समाधान नगरे २ नम्बर प्रदेशका ८ जिल्लामा चुनाब गराउन नसकिने भएको हुनाले तत्काल समस्या सामाधान गर्न प्रधानमन्त्रीलाइ ध्यानाकर्षण गराएको हो । भेटमा २ नम्बर प्रदेशका ८ जिल्ला मा अझै मतदान केन्द्र टुंगो लाग्न नसकेको र ति जिल्ला स्थित निर्वाचन कार्यालयको तयारिमा मोर्चाले अबरोध गरिरहेको भन्दै तत्काल समस्या सामाधान नगरे प्रदेश २ मा चुनाब गराउन नसकिने यादव ले प्रधानमन्त्रीलाइ बताउनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *