Loading...
मोर्चाका कार्यकर्तादवार नगरपालिकाको झ्याल तथा ढोकाहरु तोडफोड, प्रहरीले ताला फुटायो, मोर्चाले फेरि लगायो

सप्तरी १७, चैत । स्थानीय निकायको कार्यालयहरुमा गरिएको तालाबन्दी प्रशासनले तोडेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले पुनः तालाबन्दी गरेका छन् ।

सरकारले हालै निर्धारण गरेको संरचना अनुसार सप्तरी जिल्लामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका निर्धारण गरिएकोमा सोको विरोध गर्दै मोर्चाले चैत्र ६ गते तालाबन्दी गरेको थियो । जिल्ला विकास समिति र राजविराज नगरपालिकामा लगाइएको ताला स्थानीय प्रशासनले खोलेको जानकारी पाएलगत्तै मोर्चाका नेता तथा कार्यकर्ताहरुले पुनः तालाबन्दी गरेका हुन् ।

मोर्चा कार्यकर्ताले नगरपालिकाको झ्याल तथा ढोकाहरु तोडफोड गरेको जनाइएको छ । आफूहरुले लगाएका ताला तोडिए त्यसको परिणाम भयावह हुने मोर्चाले चेतावनी समेत दिएको छ । यसैगरी, मालपोत कार्यालय समेत पुगेका मोर्चा नेता तथा कार्यकर्ताहरुको समूहले पुरानै संरचनामा काम गर्न आह्वान गरेका छन् । नयाँ संरचनामा कामकाज अगाडि बढाइए आफूहरु सशक्त रुपमा प्रस्तुत हुने संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष एवं मोर्चाका संयोजक दिनेशकुमार यादवले बताए ।

मोर्चाले परिमार्जनसहित संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक रहेकोले सच्याउनुपर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राख्नुपर्ने स्थानीय तहको निर्वाचन अघि संघीय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने, समान जनसंख्याको आधारमा देशभरी स्थानीय तहको निर्धारण गर्नुपर्ने माग गरेको छ ।

फागुन २३ गते सप्तरीको मलेठ घटनामा प्रहरीद्वारा हत्या गरिएका पाँच जना निर्दाेषहरुलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको निष्पक्ष न्यायायिक छानबिन आयोग गठन गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा राज्यले नश्लवादी चरित्र देखाउँदै गर्दै आएको बर्बर दमन बन्द गर्नुपर्ने र संघीयतालाई समाप्त पार्ने षड्यन्त्र नगरियोस् भन्दै मोर्चा आन्दोलित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *