Loading...
चुनाब गराउन प्रहरी प्रशासनको नया खेल ,राजनीतिक चरित्र हत्या गर्ने गरी गलत आरोप लगाउदै मोर्चाका नेताहरुलाई खोरमा थुन्दै

काठमाडौं १७, चैत । संघीय समाजवादी फोरम नेपाल तराई/मधेश प्रदेश समितिले स्थानीय प्रहरी प्रशासनले फोरम नेपालका नेता तथा कार्यकर्ताहरुको राजनीतिक चरित्र हत्या गर्ने गरी गलत आरोपमा फंसाउन खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । फोरम नेपाल तराई मधेश प्रदेश समितिले विज्ञप्ति जारी गरी आन्दोलनलाई मत्थर पार्ने गरी फोरम नेपालका नेता तथा कार्यकर्ताहरुको राजनीतिक चरित्र हत्या गर्ने गरी विभिन्न गलत आरोपमा फंसाउन खोजे प्रदेश स्तरीय आन्दोलन गर्न बाध्य हुने जनाएको छ । साथै सो आन्दोलनबाट हुने हानी नोक्सानी तथा क्षतिको जिम्मेवार सम्बन्धित प्रहरी प्रशासन नै हुने समेत जनाएको छ ।

फोरम नेपाल तराई/मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय तह संरचना कायम गरिएको आधारमा सरकारले गराउन गइरहेको स्थानीय तह निर्वाचन विरुद्ध जारी आन्दोलनको क्रममा जिल्ला विकास समिति सर्लाहीको कार्यालयमा गरिएको तालाबन्दीको रिसवीमा स्थानीय प्रहरी प्रशासनले फोरम नेपाल सर्लाही अध्यक्ष अशोक कुमार यादवमािथ अपहरण सहितका झुठा मुद्दामा फंसाउन खोजेको आरोप लगाइएको छ ।

गत चैत ७ गतेका दिन फोरम नेपाल सर्लाही अध्यक्ष यादवले मधेशी मोर्चाको पूर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय निकाय अन्तर्गतका जिल्ला विकास समितिको कार्यालयमा झुण्ड्याइएको बोर्ड हटाएर कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसको भोलि पल्टै स्थानीय प्रहरी प्रशासनले अध्यक्ष यादव विरुद्ध अपहरणको आरोप लगाई मुद्दा दायर गरेको थियो ।

सो प्रेस विज्ञप्तिमा अवैधानिक र अव्यवहारिक रुपमा स्थानीय तहको संरचना कायम गरी अधिकारविहिन मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम लगायतका उत्पीडनमा परेका तथा राज्यद्वारा पछाडि पारिएकामाथि नश्लवादी विभेदको आधारमा शोषण सहितको शासन गर्ने उद्देश्यले सरकारले गराउन गइरहेको स्थानीय तह निर्वाचन विरुद्ध आन्दोलन जारी रहने जनाइएको । संघीय समाजवादी फोरम नेपाल उत्पीडनमा परेका तथा राज्यद्वारा नश्लवादी विभेदका शिकार बनेका आमजनताको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ भने राज्यले बलजफ्ती रुपमा आमजनताको हकहित विपरित अधिकारविहिन संविधान लादन खोजेको कुराको विरोधमा निरन्तर आन्दोलन जारी रहने समेत उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *