Loading...
डा. राउतको रिहाइको माग गर्दै सप्तरीमा साइकल र्याली

१७ चैत । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतलाई गैरकानूनी रुपमा हिरासतमा राखेको भन्दै विहीवार साइकल र्याली आयोजना गरिएको छ ।
जिल्लाको देउरी भरुवा, फर्सैठ र दमावतीमा युवाहरुले साइकल र्याली आयोजना गरेको हो । उनीहरुले शान्तिपूर्ण रुपमा विचार राखेकै कारण डा. राउतसहितका अभियानकर्ताहरुलाई सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा राखिएकोमा विरोध जनाउँदै तत्काल रिहाईको माग गरेका छन् । उक्त अवसरमा स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला संयोजक सुरेन्द्र मधेशीले सम्वोधन गरेको जनाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *