Loading...
जनकपुर उद्योग वाणिज्य संघले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम बजेट फ्रिज गर्न नपाइने भन्दै रिले अनसन सुरु

किरण कर्ण, धनुषा-चैत्र १८ । जनकपुर उद्योग वाणिज्य संघले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम बजेट फ्रिज गर्न नपाइने भन्दै रिले अनसन सुरु गरेका हुन् ।
शुक्रबार जनकपुरमा जउवासंघका कार्यवाहक अध्यक्ष विजय साहको अध्यक्षतामा संघका पदाधिकारीहरु सहितको टोलीले आज देखि रिले अनसन सुरु गरेको हो । आर्थिक वर्ष २०७३/०७४ को निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम बजेटको मिति २०७३-८-१३ गतेका दिन विनियोजन भएको योजनाहरु कार्यान्वयनको माँग राखेर अनसनमा बसेका छन् ।
कार्यवाहक अध्यक्ष साहका अनुसार जनकपुरको विकासको बजेट फ्रिज कुनैपनि हालतमा हुन्न दिन्नौँ भन्दै वहाँले विकास निर्माणको कार्यलाई तत्काल जारी गर्न हाम्रो माँग रहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *