Loading...
सत्तारुढ दल र मधेसी मोर्चा बीचको बार्ता सहमति नजिक नयाँ संबिधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मेबारी प्रधानमन्त्रीलाई

काठमाडौं- चैत्र १८ । सत्तारुढ दल र मधेसी मोर्चा बीच भएको बार्ता सहमति नजिक पुगेको छ । प्रधानमन्त्री पुष्प कमल दाहालले आज सरकारी निबास बालुवाटारमा बोलाएको बैठक सहमति नजिक पुगेको माओबादी केन्द्रका प्रबक्त पम्फा भुसालले जानकारी दिनुभएको छ ।  छलफल सकारात्मक भएको सत्तापक्ष र मधेसी मोर्चाका नेताहरुले प्रतिक्रया दिएका छन ।

स्थानीय निर्बाचन अगाडि संबिधान संशोधनको नयाँ प्रस्ताव तयार पार्ने जिम्मेबारी प्रधानमन्त्रीलाई दिईएका भुसालले बताउनुभयो । प्रधानमन्त्री दाहालले आजको बैठकमा नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व, स्थानीय तहको संरचना जनसंख्याका आधारमा र सिमांकनको मुद्दा संघीय र प्रादेशिक चुनाव अघि टुंग्याउनलाई आयोग बनाएर जाने प्रस्ताव मोर्चा समक्ष राख्नुभएको थियो साथै मोर्चालाई निर्बाचनमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

जवाफमा मोर्चाका नेताहरुले सकारात्मक प्रतिक्रया जनाएको बताईएको छ । बैठक पछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव सकारात्मक भएको बताउनुहुदै अन्य गृहकार्य गर्ने जिम्मेबारी प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो । आजको बैठकमा कांग्रेस सभापति देउबा र राप्रपा अध्यक्ष थापा अनुपस्थित भएकोले ठोस निस्कर्षका पुग्न नसकिएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताउनुभयो । अर्का बैठक एमाले सहित बिपक्षी दलसँग बसेर सहमति खोज्ने बतार्ईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *