
काठमाडौं-चैत्र १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति देउवा क्षेत्रियबादी नेता भएको आरोप लगाउनुभएको छ । आज कास्कीमा एक कार्यक्रमलाई सम्बोधन गर्दे ओलीले सो आरोप लगाउनुभएको हो । ओलीले भन्नुभयो राष्ट्रिय पार्टीको नेता भए पनि क्षेत्रियतालाई बोकेर देउवा जी हिड्नुहुन्छ उहाँलाई म के भनौ देउवाजीको सोच संकुचित छ ।
नेता ओलीले सरकार निर्बाचन नगराउने षडयन्त्रमा लागेको बताउदै मधेसी मोर्चा अराष्ट्रिय तत्व भएको बताउनुभयो । ओलीले संबिधान संशोधन गर्न सकिने भएपनि तत्काल संशोधनको कुनै सम्भावना नरहेको ठोकुवा गर्दे बिदेशीको इसारामा गरिने संशोधनले नेपाललाई हित नगर्ने जिकिर गनुभयो । ओलीले एमालेले चुनावमा जित्छ भनेर सरकारबादी दलहरुले षडयन्त्र गरिरहेको बताउनुभयो ।
Facebook Comments