बेइजिंग-चैत्र १८ । प्रधानमन्त्री पुष्प कमल दाहालले चीन, नेपाल र भारत बीचको त्रिदेशिय साझेदारीले मुर्त रुप लिने बिश्वास ब्यक्त गर्नुभएको छ । दाहालले चीन भ्रमणको बेला चिनियाँ सञ्चारमाध्यम फोनिक्ससँग कुरा गर्दे सो बिश्वास ब्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले पहिले त्रिदेशिय साझेदारी सपना जस्तो भएपनि अहिले साकार हुने लक्षण देखिसकेको बताउनुभयो । दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिंगले अगाडि सारेको वान बेल्ट बान रोडको अबधारणामा आफ्नो र आफ्नो मुलुकले पहिलेनै समर्थन जनाईसकेको बताउनुभयो ।
दाहालले आफ्नो पहिलो चीन भ्रमणको बेला नै चिनियाँ पक्षलाई सो जानकारी गराईसकेको समेत बताउनुभयो ।
- दाहालको अन्र्तबार्ता यो साईटको भिडियो सेक्सनमा राखिएको छ , हेनुहोला ।
Facebook Comments