Loading...
निर्वाचन वहिष्कार गर्न सशक्त र सशस्त्र विरोध गर्ने गोइतको निर्णय

जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
मोर्चाका अध्यक्ष गोइतले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थिति र आगामी राजनैतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजनाबारे बहस छलफल गरिएको जनाएका छन् । नेपाली संविधानसभाको पहिलो र दोस्रो निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गरे झंै आउँदो २०७४, बैशाख ३१ हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई पनि सशक्त र सशस्त्र विरोध गर्ने बैठकले निर्णय गरेको छ । बैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्न सम्पूर्ण तराईका मूल निवासीहरुलाई अपील गर्ने बैठकमा निर्णय भएको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोर्चाको बैठक १६ र १७ गतेसम्म चलेको जनाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *