
बिरगंज,चैत १९
सदभावना पार्टी बिरगंज नगर कार्य समितिले आज नगरका अगुवा कार्यकर्ता संग देस र मधेसको हाल विकसित परिस्थितिको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रम प्रमुख अतिथि सदभावना पार्टीका सह-अध्यक्ष एवं सान्सद लक्षमणलाल कर्णले सम्बोधन गर्दै संविधान संसोधन गरि मधेसको माग संस्थागत बिना मोर्चा कुनै पनि चुनावको चु पनि सुन्न नचाहेको जिकिर गर्दै स्वबियुको चुनाव मधेसमा गराउन नसकेको सरकार स्थानीय चुनावको दिवा स्वप्न देखेको व्यंग्य गरे।हाल घोषित निर्वाचन संविधान बिपरित रहेको स्थानीय तहको निर्वाचन गराउने अधिकार प्रदेश सरकार संग मात्र रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै सह ९महासचिव एवं अधिवक्ता सुरेन्द्र कुर्मीले मधेसको हक अधिकारको असल हितैसी एवं जन्म (दाता सदभावना पार्टी नै पहिलो पार्टी रहेकोले सदभावनाले मात्रैले मधेसलाई अधिकार सम्पन्न बनाउन सक्ने दावी गरे साथै मधेसवादको साथ साथ समाजिक मुद्दा लाई बिरगंज नगर कमिटीले उठान गर्ने गरेकोले गजेन्द्रबाबुको सपना पूरा हुने बिश्वास व्यक्त गर्नु भयो।
नगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय सदस्य निजामोदी समानी,रेखा घिमिरे, जिल्ला उपाध्यक्ष इस्वर यादव,भुपेन्द्र तिवारी,अनिरुद प्रसाद,कलवार,जिल्ला सचीव राजेस साह,ध्रमेन्द्र पटेल,महिला मञ्च जिल्ला अध्यक्ष रेखा साह,नगर सचीव संजय पटेल,कोषाध्यक्ष पन्नालाल पटेल लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा तीस वटै वाडका एकाइ कमिटीका अध्यक्षहरु एवं पदाधिकारी तथा वर्गीय मञ्चका जिम्मेवार नेता कार्यकर्ताहरुले संगठन सुदृढ र आन्दोलनको बारेमा आफ्नो आफ्नो धारणा राखे गरेका थिए। स्वागत मन्तव्य नगर उपाध्यक्ष सुरेस साह कानुले गरेको कार्यक्रमलाई महिला मञ्च बिरगंजकि नगर अध्यक्ष सुनिता रौनियारले सहजीकरण गरेकि थिइन।
Facebook Comments