
वीरगंज, चैत्र १९ ,राकेश साह
पर्सा क्षेत्र नं.२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो । खेलकुद समाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले खेलाडी देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सांसद यादवले खेलकुद बिकासको लागि आफु सदैव ततपर रहेको बताउदै हालै नारायणी रंगशाला बिकासको लागि शहरी पुर्वाधार बिकास अन्तर्गतको बजेटबाट ५ करोड रकम बिनियोजन गरेको बताए । सांसद यादवले खेलाडीहरुलाई निसंकोच भएर खेल खेल्न आग्रह गर्दै खेलकुद समाग्रीको लागि चिन्ता नलिन आग्रह गरेका थिए ।
नेकपा एमाले वडा नं. २३ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न खेलकुद समाग्री बितरण कार्यक्रममा अथितीहरु मध्यमांचल फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेता राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायत खेलाडीहरुको उपस्थिती रहेको थिए ।
सांसद यादवले खेलकुद बिकासको लागि यस बर्ष ९ लाख २५ हजार रकम बिनियोज गरेको जानकारी दिए । सो अवसरमा फुटबल खेलाडीहरु निरिज श्रेष्ठ, सुजित साह, पप्पु यादव, उपेन्द्र दास लगायत ५० जना भन्दा बढि खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राकेश साह गोंडले गरेका थिए ।

Facebook Comments