Loading...
मोर्चाको आक्रोश जिल्लामा चुनावी अभियान नगर्ने सर्तमा एमालेलाइ लखेटियो ,  माइन्युट र रजिष्टर मोर्चाको कब्जामा

सिरहा १९, चैत्र । परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन हुन नदिने उदघोष गरेर आन्दोलनमा होमिएको मधेशी मोर्चाले एमालेको चुनावी अभियान बिथोलेको छ । मोर्चाले एमालेको चुनाव सम्बन्धी प्रशिक्षणको माइन्युट र रजिष्टर खोसेर च्यातेको छ ।

सिरहाको क्षेत्र ३, कृष्णापुर गाविसमा एमालेको क्षेत्रीय समितिले शनिबार आयोजना गरेको चुनाव बारे प्रशिक्षण कार्यक्रमलाई मोर्चाले रजिष्टर च्यातेर बिथोलेको छ । संविधान संशोधन नभएसम्म मधेशमा कुनै पनि चुनावी गतिविधि गर्न नदिने घोषणा गरेको मोर्चाले एमालेका नेताहरुलाई माफी समेत माग्न लगाएको छ ।

एमाले सिरहाका पूर्व जिल्ला सचिव चन्देश्वर मण्डलको नेतृत्वमा कृष्णापुर पुगेको चुनावी अभियानलाई स्थगित गराउँदै मोर्चाले मण्डलसहित एमालेका स्थानीय नेताहरुलाई माफी माग्न लगाउँदै आइन्दा जिल्लामा चुनावी अभियान नगर्ने सर्तमा छाडेको संघीय समाजवादी फोरम नेपाल सिरहाका जिल्ला सदस्य विजय कुमार यादवले जानकारी दिए । एमाले सिरहाले स्थानीय निकायको चुनाव तयारीको लागि कृष्णापुरमा स्थानीय भेला आयोजना गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *