Loading...
डा. राउतको रिहाईको माग गर्दै गाउँगाउँमा मोटरसाइकल रयाली

राजविराज, १९ चैत । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतको रिहाइको माग गर्दै शनिवार सप्तरीको गाउँगाउँमा मोटरसाइकल र्यालीको आयोजना गरियो । डा. राउतलाई गैरकानूनी रुपमा पक्राउ गरी हिरासतमा राखेकोमा अविलम्व रिहाईको माग गर्दै सप्तरी गठबन्धनले विभिन्न गाउँहरुमा मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।

राजविराज नगरपालिकाबाट निकालिएको र्याली जमुनी मधेपुरा, खुरहुरिया, बाजितपुर, अण्डीपटी, धौनकी, सिम्राहासिंगियोन, मलेकपुर, पत्थरगाडा, बेल्ही चपेना, अर्नाहा, ब्रहम्पुर, भीमपुर, छातापुर, ललितपुर, विसहरिया, पातो, अर्नाहा, कबिलासा, नर्घो, हर्दिया, कटैया लगायतका गाउँहरु हुँदै जिल्लाको पश्चिमी गाउँ तथा चौकहरुमा र्याली परिक्रमा गरेको गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशीले जानकारी दिएका छन् । उनका अनुसार मोटरसाइकल र्यालीका क्रममा विभिन्न गाउँका सर्वसाधारण जनतालाई गैरकानूनी रुपमा डा. राउतलाई हिरासतमा राखिएको बारे जानकारी गराईएको छ ।

डा. राउतलाई जनकपुर स्थितको डेराबाट गत माघ २० गते प्रहरीले पक्राउ गरी साङ्गठनिक अपराध मुद्दामा सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालयमा राखिएको छ । उनीसँगै पक्राउ परेकाहरुमध्ये केही विरामी पर्दा समेत बेवास्ता गर्दैआएको गठबन्धनको आरोप छ ।

न्यूज टुडे :

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *