Loading...
यो संबिधानले गर्भ मै रहदा ४० जना मधेशीको हत्या गरिसकेको छ – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

सरोज खिलाडी

सङ्घीय समाजवादी फोरम नेपाल नागार्जुन नगरपालिका, काठमाडौँको प्रथम एकता अधिवेशन सितापाइला पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख बक्ता सङ्घीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको संबिधान गर्भ मै रहदा ४० जना मधेशीको हत्या गरिसकेको हुनाले संशोधन नहुदा सम्म यो संबिधान नमान्ने दाबि समेत गर्नु भयो। उहाले नेपाल आज भन्दा ३०० बर्ष पहिले अमेरिका भन्दा पनि धेरै सम्पन्न भएको र जब नेपालमा एकल जातीय राजनीति हाबी भयो त्यसपछि नेपाल बिकासमा पछि परेको समेत बताउनु भएको छ । सह अध्यक्ष श्रेष्ठले अहिले नेपाल मा धेरै साना साना पार्टी खोल्नु को मुख्य कारण पनि एकल जातिय राजनीति रहेको समेत बताउनु भयो । श्रेष्ठले भन्नु भयो – नेपालमा एकल जातिय राजनीति भएपछी एउटा जातको मात्र सबै थोक भयो बाकि जात पिछिडियेको अबस्थामा अरु जातिका समुदायले पार्टी खोल्नु स्वाभाविकै हो । अब सबै जात -जाति मिलेर एकल चरित्र बोकेको राजनीति पार्टीको सामना गर्ने समय आइसकेको हुनाले एजेण्डा मिल्ने पार्टी संग सहकार्य गरेर अगाडी बढछौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *