
सरोज खिलाडी
काठमाडौं, चैत २० – पूर्व घोषित आन्दोलन अनुसार आँखा चुनाव चिन्ह्को माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाइ प्रहरीले पक्राउ गरेको छ ।
कान्तिपथस्थित आयोगको गेटनजिकै घेराउमा पुगेका बाबुराम, हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको छ ।आन्दोलन कारी र प्रहरी बिच केहीबेर झडप भएको छ भने नयाँ शक्तिका केही कार्यकर्ताहरु घाइते समेत भएको छ । बहादुर भवन नजिकैबाट डिएसपी सोमेन्द्र राठौरको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई दुईओटा ठुला ट्रकमा हालेर लगेको थियो । भट्टराई सहित ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments