Loading...
प्रेस मञ्च नेपालद्वारा सहिदहरुको सम्मानमा  मैनबती जुलुस 
बिरगंज ,चैत २० गते  मधेसका सम्पुर्ण जिल्लाहरुमा सहिदहरुको सम्मानमा मैनबती जूलूस सम्पन्न भएको छ।पर्सा शाखाद्वारा बिरगंजको घन्टाघरमा आयोजित कोण सभामा बोल्दै सदभावना पार्टीका केन्द्रिय सहमहासचिव सुरेन्द्र कुर्मीले सहिदहरुको कुर्बानी खेरि नजाने धारणा राख्दै मधेसको माग सम्बोधन बिना देशमा निर्वाचन नहुने दावी गरेका थिए।सभामा बोल्दै नागरिक समाजका अगुवा प्रो।डा।दिपक शाक्यले मधेसको माग पूरा हुनु नै सहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुने जिकिर गरे।प्रेस मञ्च नेपाल पर्सा शाखाका अध्यक्ष बिजाय कुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल,हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष पण्डित पुरुषोत्तम दुबे,नेपाल पत्रकार महा संघ पर्साका सचिव युवराज खड्का ,सदभावना पार्टी पर्साका कार्यवाहक अध्यक्ष इस्वर यादव,उपाध्यक्ष भुपेन्द्र तिवारी,सचीव ध्रमेन्द्र पटेल,बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,उपाध्यक्ष सुरेश साह कानु,कोषाध्यक्ष पन्नालाल पटेल,महिला मञ्च पर्साकी जिल्ला अध्यक्ष रेखा साह,तमलोपा बिरगंज नगर् वरिष्ठ उपाध्यक्ष भरत सरार्फ,द राइजिङ नेपालका अध्यक्ष पंकज पटेल,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिस कर्ण,प्रेस मञ्च पर्साका उपाध्यक्ष नन्दकिशोर गिरि,सचीव दिपक चौरसिया,सहसचीव राम मण्डल,सह(कोषाध्यक्ष कृष्ण यादव,सदस्यहरुमा दिपेन्द्र गिरि,एक्लब्य गुप्ता,जाकिर हुसेन,अबिनास झा,,द राइजिङ नेपालका अध्यक्ष पंकज पटेल लगायत मधेस प्रेमी जन समुदायको सहभागीता रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *