
रौतहटको मुडवलवामा आज सहिद स्मृति दिवस मोर्चाका नेताद्रारा मनाइएको छ । बिगत सदरमुकाम गौरमा सेवा केन्द्र बिस्तार बारे आदोलनमा मुडवलवा गा.वि.स.का स्र्व. विद्धयानन्द राय यादवलाई बरहवा पुल स्थित प्रहरीको गाली टाउँकोमा लाग्दा उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएको थियो । ३ महिना उपचार पश्चात यादवले निको भएको महशुस गरी घर फर्केपछि एका एक टाउाको दुखेकोमा जिल्ला अस्पताल गौर लयाउदै गरेको क्रममा बाटो मै मृत्यु भएको थियो ।
सो मृत्यु पश्चात सहिद यादवको शवलाई पोष्टमाटम नगरी हतार हतारमा अस्पतालबाट शवलाई सिधा पठाएपछि यादवको शवलाई दाह संस्कारको लागि बागमती खोला लगिएको थियो मृतक यादव आन्दोलनो क्रममा ज्यान गुमाउदा पनि हाल सम्म राष्ट्रिय सहिदको सुचीमा नरहेको हुदाँ आज सहिद यादवको घरमा सो दिवस मोर्चाका नेता तथा कार्यकर्ताहरले सहिद प्रति चिर शान्तिका लागि भागवानसँग कामना गर्दै १ मिन्टको लागि मौन धारण गरेका छन । सहिद यादवका बुवा तथा दाईले आफनो घरका सन्तान गुमाउदा मधेशको जायज माग प्रति अटुट रही ज्यान गुमाउनु दुखको कुरो हैन यो हाम्रो लागि धेरै गर्वको हो भनेका छन ।
सहिद यादवका दुई वटा छोरी र एक छोरा रहेका छन तिनीहरुको पठन पाठन बारे र उहाँको घरको आर्थिक अवस्था धेरै नाजुक भएतापनि सरकार पक्षबाट हालसम्म कुनै किसिमको क्षतिपूर्ती नपाएकोले सहिद परिवार बिचलित भएको सहिदका बुवाले बताए ।
सहिद यादवको पुण्यतिथी तथा शोक सभा कार्यक्तममा युवा प्रभावशाली मधेश प्रेमी नेता योगेन्द्र राय यादवले आफनो व्यक्तिगत तर्फबाट सहिद परिवारजनलाई रु. १५ हजार नगद सहयोग गरी सहिद यादवको क्षतीपूर्ती र राष्ट्रिय सहिदको सुचिमा घोषणा गराउन प्रतिबद्धता गरेका छन भने संघीय समाजवादी फोरम नेपाल रौतहट पार्टीको तर्फबाट रु. २५ हजार दिने घोषणा साथै केन्दीय सदस्य रेवन्त झाले आफनो व्यक्तिगत तर्फबाट रु. ५ हजारको चेक सहयोग गरेका छन ।
कार्यक्रममका सहभागि मोर्चाका नेता पूर्व सभासद बबन सिंह, रामकिशोर यादव, अरुण सिंह, बाबुलाल साह, कमलेश सिंह, रामेश्वर यादव, ओमप्रकाश साह, प्रकाश भाई मधेशीया, अरविन्द यादव, ललन यादव, दिनेश कुमार यादव लगायत सयकडौँ स्थानीय तथा मोर्चा नेता एवं कार्यकर्ताहरुले सहिद यादवको तस्विरमा फुल अविर समेत अर्पण गरेका थिए ।
Facebook Comments