Loading...
यस्तो बालक जसलाई देख्ना साथ जोकोहि पनि आश्चर्यचकित हुन्छन !!!
काठमाडौं २०, चैत्र । भर्खर एघार वर्ष पुगेका दर्शन सापकोटा राजधानी काठमाडौंमा अर्का गुगल ब्वायको रुपमा उदाएका छन् । सामान्य बालबालिका भन्दा फरक ढंगको अद्भुत क्षमता भएका सापकोटाको स्मरण शक्ति देख्ने जति आश्चर्यचकित हुने गरेका छन् ।  स्थायी घर चौतारा ५ सिन्धुपाल्चोक र हाल गहना पोखरी काठमाडौंमा बस्ने दर्शन सापकोटा अकल्पनीय क्षमताको भएर पनि संचारमाध्यमको नजरमा पर्न सकेका छैनन् । कक्षा २ मा अध्ययनरत दर्शन पढाईमा कमजोर भएर पनि दिमागी क्षमताले अन्य मान्छेको तुलनामा कैयौं गुणा तेज छन् ।
सुरुवाती तीन वर्षको स्कूल पढाईमा कखरासम्म पनि नजानेका दर्शनको अलौकिक क्षमता देखेर आश्चर्यचकित नहुने कोही छैन । स्मरण शक्ति अति नै तिक्ष्ण हुनु दर्शनको विशेषता बनेको छ । गएको र आउने तिथि, जन्ममिति वा बारलाई उनले सहजै रुपान्तरण गरेर भन्न सक्छन् ।  जन्मेको अठार महिना पछि मात्र दर्शन बिस्तारै हिड्न थालेका थिए । त्यस्तै, विद्यालय भर्ना भएको तीन वर्षसम्म उनले एउटा अक्षरसम्म बुझ्न वा भन्न सकेका थिएनन् । फरक क्षमता भएकै कारणले काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराएर थाके पनि चिकित्सकले दर्शन सामान्य बच्चा जस्तो नहुनुको कारण दिन सकेनन् ।
विगत दशकौं वर्ष पुराना तिथि मिति, बार, चाडपर्व, क्यालेन्डर र विशेष तथ्यांकहरुलाई सेकेन्ड समयभित्र फरर भन्न सक्ने बालक दर्शनमा विशेष क्षमता छ । दश बीस वर्षअघिका नेपाली तिथि मिति, त्यसभित्र पर्ने चाडपर्व र विशेष घटनाक्रमहरु जम्मै दर्शनलाई कण्ठष्त छ ।
भावी घटनाक्रम बारे कुनै भविष्यवाणी नगरेपनि दर्शनलाई दशकौ पुराना नेपाली क्यालेण्डर कण्ठै छ, र क्यालेण्डरमा भएका जुन सुकै तिथि मिति वा समय सन्दर्भलाई सहजै भन्न सक्ने प्रकृतिले अदभुत क्षमता दिएको छ ।  ‘दर्शनले एक पटक क्यालेण्डर र तिथि मितिहरुलाई हेर्नु पर्यो, त्यसपछि जुनसुकै घटनाक्रम, तिथि, जन्ममिति वा तथ्यांकलाई उसले सहजै भन्न सक्छन्,’– दर्शनका बाबु रमेश सापकोटाले भने,– ‘अत्यन्तै अदभुत क्षमता भएको बच्चा हो, तर आश्चर्यजनक ढंगको स्मरण शक्ति भएको बालक भएर पनि संचारमाध्यमको नजरबाट ओझेलमा छ ।’
दर्शनको अदभुत क्षमतामाथि गर्व गर्ने बाबु रमेश सापकोटाले अवसर पाए छोराको अद्धितिय क्षमतालाई गिनिजबुकमा लेखाएर देशको नाम रोशन गर्ने धोको रहेको बताए ।  फरक क्षमताका आदित्य दाहाललाई तत्कालीन केपी ओली सरकारले एक करोड सहयोग र अमेरिका लगेर स्वास्थ्य उपचार गर्न सघाएको थियो । तर, आदित्य दाहाल जस्तै अदभुत क्षमता भएका नेपालकै अर्का गुगल ब्याय दर्शन सापकोटा सरकारबाट उपेक्षित छन् ।  ‘सरकारले हाम्रो बच्चालाई पनि अध्ययन, अनुसन्धान र स्वास्थ्य उपचारमा सहयोग गर्नु पर्ने हो तर अहिलेसम्म कसैले पनि वास्ता गरेको छैन । तर, राज्यले सहयोग गरे गिनिजबुकमा नाम लेखाएर देशको नाम उचो गर्नसक्ने क्षमता दर्शनमा छ’– दर्शनका बाबु रमेश सापकोटाले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *