
चैत १९ – तपाईंले अहिलेसम्म विभिन्न प्रकारको सुविधासम्पन्न गगनचुम्बी भवन देख्नुभएको होला । तर आज हामी तपाईंलाई यस्तो भवनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुनेछ । यो बिल्डिङ पृथ्वीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको हुनेछ जुन पृथ्वीतर्फ झुण्डिरहेको हुनेछ ।
संसारको सबैभन्दा अग्लो बिल्डिङ ठानिएको यो ‘एनलेमा टावर’ धर्तीभन्दा ५० हजार किलोमिटर माथि रहेको पुच्छ्रेतारामा निकै बलिया केबलको सहारामा अडिनेछ । पुच्छ्रेताराको ‘अर्बिटल पाथ’अनुसार यो टावर न्यूयोर्क र हवानासहित थुप्रै शहरमाथिबाट यो अचम्मको डिजाइन क्लाउड्स आर्किटेक्चर अफिसले तयार गरेको हो । यो त्यही कम्पनी हो जसले ‘हाउस अन मार्स’ र ‘क्लाउड सिटी’ को कन्सेप्ट पनि तयार गरेको थियो ।
कम्पनीले आकाशबाट धर्तीतर्फ बन्न लागेको यो टावरले गगनचुम्बी भवनहरुको पूरा अवधारणा नै परिवर्तन गरिदिने दाबी गरेको छ । कम्पनीको प्रोपोजल अनुसार यसलाई दुबईमा बनाउने सुझाव दिइएको छ किनभने अमेरिकाको तुलनामा यसलाई दुबईमा बनाइयो भने निकै कम खर्चमा यो सम्पन्न हुनेछ ।एनलेमा टावरलाई विभिन्न खण्डमा तयार गरिनेछ । धर्तीको सबैभन्दा नजिकको खण्डमा मनोरञ्जन, शपिङ र रेष्टुरेन्ट लागि स्पेस दिइनेछ भने त्यसको माथिल्लो खण्ड अफिसका लागि बनाइनेछ । यसका साथै, बिचको भाग बगैंचा र घरका लागि छुट्याइएको छ । यो टावरमा पूजाको लागि पनि स्थान हुनेछ ।
सबैभन्दा माथिल्लो खण्डमा भने अन्त्येष्ठिको लागि खाली ठाउँ छुट्याइनेछ । यो टावरको बिजुली आपूर्ती अन्तरिक्षमा रहेको सोलार प्यानलमा गरिनेछ भने पानीका लागि वर्षा र बादलको सहारा लिइन्छ । यो गगनचुम्बी भवन यति अग्लो हुनेछ कि यसको तल्लो भागको तुलनामा माथिल्लो भागमा हुने एक दिनमा ४५ मिनेट लामो हुनेकम्पनीले निकट भविष्यमा एक घुमिरहने पुच्छे्तारामाथि नियन्त्रण गरेर त्यसको दिशा परिवर्तन गर्न सम्भव रहेको दाबी गरेको छ । उनीहरुको यो विश्वास पछाडि यूरोपियन स्पेस एजेन्सीको ‘राजेटा मिशन’ को ठूलो हात छ । यो मिशनले एक घुमिरहने पुच्छ्रेतारामाथि ल्याण्ड गर्न सम्भव भएको बताएको थियो ।
from: ratopati.com
Facebook Comments