Loading...
चुनाव बिथोल्नेसम्मको शसक्त आन्दोलनको तयारीमा छौ -उपाध्यक्ष मण्डल

बिरेन्द्र बजार, २० चैत । नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष श्याम प्रसाद मण्डलले स्थानिय तहको निर्वाचन बिथोल्नेसम्मको शसक्त आन्दोलनको तयारी भईरहेको बताएका छन् । सप्तरीको कठौनामा शनिवार नेपाल आदिवासी जनजाती महासंघ सप्तरीको तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सरकारले ल्याएको स्थानीय तहको संरचनाले आदिवासी जनजातीको पहिचान नामेट गरेको बताउँदै सरकारले आदिवासीमाथि पुनः विभेद गरेको आरोप लगाए । उनले विशेष क्षेत्र, संरक्षित क्षेत्र, जातिय स्वायत्तता सहितको स्थानिय तहको पुनर्संरचना नभएसम्म आन्दोलन जारी रहने बताए ।

संविधान संशोधन विधेयक एवम् स्थानिय तह परिमार्जन सहित पारित नभएसम्म चुनाव हुन नदिनेसम्मको सशक्त आन्दोलनका कार्यक्रमको तयारीमा रहेको जानकारी दिदै उनले भने ‘आगमी चैत २८ गते काठमाण्डौमा हुने राष्ट्रिय भेलाले आन्दोलनको कार्यक्रम तय गर्छ, चुनाव बिथोल्नेसम्मको शसक्त आन्दोलनको कार्यक्रम ल्याउने तयारीमा छौ ।’ नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाती जिल्ला समवन्य समिती सप्तरीका उपाध्यक्ष रमेश चौधरी, पूर्व उपाध्यक्षहरु बेचन प्रसाद चौधरी, महेश प्रसाद चौधरी, आदिबासी जनजाती महासंघ सप्तरीका संस्थापक अध्यक्ष रघु कुमार सिंह थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उचितनारायण चौधरी, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भिम बहादुर घिसीङ तामाङ, नेपाल मगर संघका पुर्व केन्द्रीय बिष्णु थापा मगर, थाकस सप्तरीका पुर्ब सभापतिद्वय उपेन्द्र नारायण चौधरी (पगडीवाला), मुक्तिनाथ चौधरीले शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रममा अधिवक्ता बिष्णु मण्डल धानुक, आदिबासी जनजाती महासंघ सप्तरीका सल्लाहकारहरु मेख बहादुर तामाङ, यूगुतलाल चौधरी, सगरमाथा अञ्चल अस्पताल राजविराजका पूर्व अध्यक्ष दिनेश चौधरी, आदिबासी जनजाती यूवा महासंघ नेपाल सप्तरीका अध्यक्ष अरविन्द कुमार चौधरी, आदिवासी जनजाती गैसस महासंघ सप्तरीका अध्यक्ष उज्ज्वल थारु, जवाहरलाल चौधरी, देवकान्त चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका सचिब बृजमान तामाङद्धारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार मान श्रेष्ठले गरे ।
यसैबीच उद्घाटन कार्यक्रम पश्चात शुरु भएको बन्द सत्रले सचिव तामाङ्गद्वारा प्रस्तुत प्रगती, साङ्गठनिक र भावी निती तथा कार्यक्रम एवम् कोषाध्यक्ष सुरतलाल चौधरीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरे । अधिवेशनले आगामी तीन बर्षकोलागी नयाँ नेतृत्व चयन गर्ने आदिवासी जनजाती महासंघ सप्तरीले जनाएको छ ।

from newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *