Loading...
मधेशी मोर्चालाई बाहिर राखेर चुनावमा गए मधेशमा बिखण्डनको बीऊ रोपिने शेखर कोइरालाको चेतावनी

वीरगन्ज २०, चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेशी मोर्चालाई बाहिर राखेर चुनावमा गए मधेशमा बिखण्डनको बीऊ रोपिने चेतावनी दिएका छन् । मधेशमा उग्र बन्दै गएको बिखण्डनको आवाजलाई निष्तेज पार्न र चुनावलाई सार्थक बनाउन मोर्चालाई पनि सहमतिमा लिएर चुनावमा जान नेता कोइरालाले सुझाव दिए । आइतबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने,– ‘यदि प्रदेश नम्बर २ लाई छाडेर अरु प्रदेशमा चुनाव गरियो भने मधेसमा विखण्डनको खतरा आउन सक्छ । मधेसी मोर्चालाई बाहिर राखेर चुनावमा गइयो भने मधेसमै रहेका अतिवादी शक्तिहरु हावी हुन्छन् । जसले गर्दा मुलुकमा झन् ठूलो संकट आउन सक्छ त्यसैले जसरी हुन्छ मधेसी मोर्चालाई सम्झाएर बुझाएर अगाडि बढनु पर्छ ।’

अहिले दुई नम्बर प्रदेशलाई छाडेर अरु ६ वटा प्रदेशमा मात्र चुनाव गर्ने हल्ला सुनिएको भन्दै उनले यो तरिकाले निकास नदिने दाबी गरे । स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने दाबी गर्दै नेता कोइरालाले भने, ‘चुनाव हुनु पर्छ, तर सबैलाई समेटेर मात्र ।’ प्रेस युनियन पर्साका पूर्व अध्यक्ष स्वर्गीय काशीनाथ यादवको निधनमा आयोजित शोकसभामा बोल्दै कोइरालाले मधेसी मोर्चाको सहमतिमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

एमालेको उग्रराष्ट्रवादले मधेसमा विद्रोहको आगो थपिँदै गएको भन्दै कोइरालाले काठमाडौंका केही नखेताहरुले मधेसीको राष्ट्रियतामाथि शंका गर्ने प्रवृति एकदमै घातक भएको टिप्पणी गरे । मधेसमा अहिलेको संघर्ष पहिचान, पहुच र प्रतिनिधित्वका लागि नै भएको भन्दै उनले मधेसका मुद्दाप्रति काँग्रेस सदैव सकरात्मक रहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *