
२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । प्रहरी क्लब पुर्याएका नेताहरुलाई प्रहरीले साझँ नेताहरुलाई रिहा गरेका थिए । तर, नयाँ शक्तिका संयोजक भट्टराईले आफूहरुलाई किन पक्राउ गरिएको नखुलाएको भन्दै क्लब नछाड्ने अडान राखेका थिए । भट्टराईले पुलिस कल्बबाट जान नमाने पछि पुलिसहरुले उनलाई जबदस्ती जनावर जस्तो लछार पछार गरेर तानेको आरोप समेत लगाउनु भएको छ । उनले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग पनि फोनमा सम्वाद गर्नुभएको छ । आफूले निषेधित क्षेत्र तोडेको स्वीकार गर्दै कारबाही गर्न भनेको तर, गृहमन्त्रीले केही नभनेर फोन राखेको भट्टराईले बताएका छन् ।
Facebook Comments