Loading...
मधेसी मोर्चालाई सहभागी गराउन केही दिन स्थानीय तहको चुनाब सर्न सक्ने संकेत आज निर्णय हुदै

काठमाडौं- चैत्र २१ । स्थानीय तहको निर्बाचनको मिति सारे सहमति हुने मधेसी मोर्चाको नयाँ प्रस्तावको बिषयमा आज छलफल हुने भएको छ । मोर्चाले स्थानीय तहको निर्बाचन केही समय सार्ने र संबिधान संशोधनमा आफ्नो माग सम्बोधन गरेमा मोर्चा पनि चुनाबमा सहभागी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दे आज थप छलफल हुने भएको हो ।

प्रधानमन्त्री दाहालले आज सत्तारुढ दल र मोर्चाको बैठक राख्ने बालुवाटार स्रोतले बताएको छ । सत्ता गठबन्धनले मोर्चाको पछिल्लो माग पुरा गरे स्थानीय तहको निर्बाचनमा सहभागी हुने एक नेताले बताएका छन । मोर्चाको माग बारे प्रधानमन्त्री दाहाल सकारात्मक भएकोले स्थानीय तहको निर्बाचन केही दिन सर्न सक्ने स्रोतले बताएको छ यद्यपि यस बिषयमा सत्तारुढ दलबीच सहमति बन्न बाँकी रहेको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *