Loading...
नेपाल पत्रकार महासंघको २५औं महाधिबेशन निर्धारित समय भन्दा एक महिना पछि हुने

काठमाडौं-चैत्र २१ । नेपाल पत्रकार महासंघको २५औं महाधिबेशन निर्धारित समय भन्दा एक महिना पछि हुने भएको छ । नेपाल पत्रकार महासंघको नगरकोटमा सम्पन्न १२औं केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले करीब २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्बाचनलाई मध्यनजर गर्दे सो निर्णय गरेको हो । स्थानीय तहको निर्बाचन सफल बनाउन पत्रकारहरुको पनि दायित्व भएकोले बिशेष परिस्थिति भन्दै महासंघ केन्द्रिय समितिले जेष्ठ २० र २१ गते काठमाडौंमा २५औं महाधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

महासंघले महाधिबेशन गर्ने प्रचलनमा रहेको बिश्व प्रेस स्वतन्त्रता दिबस अर्थात बैशाख २० गते भने देशैभर निर्बाचन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले बिभिन्न जिल्ला र प्रतिष्ठान शाखामा स्थागित भएका निर्बाचन बैशाख ७ गते भित्र सम्पन्न गर्ने अन्यथा महाधिबेशनमा सहभागी हुन नपाउने समेत निर्णय गरेको छ । सदस्यताको बिबाद भएका शाखाहरुमा सम्बन्धित क्षेत्रका संयोजक र सह संयोजकको पहलमा महासंघ सचिबालयले टुंग्याउने निर्णय पनि बैठकले गरेको छ ।

तालाबन्दी भएका शाखाहरुमा तत्काल समस्या समाधानको पहल गर्दे २४ घण्टा भित्र अनिबार्य ताला खोल्ने र अबदेखि त्यसतो कामलाई निरुत्साहित गर्ने निर्णय पनि बैठकले गरेको छ । चिरञ्जीबी खनालको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन समिति बनाउदै २५औं महाधिबेशन सफल पार्न बिभिन्न उप-समितिको गठन बैठकले गरेको छ । बैठक महासंघका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा बसेको थियो भने महासचिव उजिर मगर र कोषाध्यक्ष सुर्यमणि गौतमले  सांगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *